इटहरी : इटहरी उपमहानगरपालिमा चार वर्षको अवधिमा एक सय ५ किलोमिटर सडक कालोपत्रे भएको छ । उपमहानगरमा जनप्रतिनिधिको कार्यकाल एक बर्ष बाँकी रहँदा एक सय ५ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको हो ।
इटहरी उपमहानगरपालिकाका इन्जिनियर जीवन घिमिरेका अनुसार अबको एक वर्षमा अरु एक सय किलोमिटर सडक कालोपत्रेको काम अगाडि बढाइएको छ ।
उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीका अनुसार इटहरीको गाँउ–गाँउका बाटोहरु कालोपत्रे भएका छन् ।
अघिल्लो वर्ष सुरु भएका ११ वहुवर्षे सडकमध्ये ७ वटा निर्माण सम्पन्न भएका छन् । चार वटा अलिक लामा सडक दशैँ अघिनै निर्माण सक्ने गरि काम भइरहेको छ । आर्थिक बर्ष ७७।७८ का ४० वटा वहुवर्षे योजनामा पनि धमाधम काम भइरहेको छ ।














Discussion about this post