इटहरी : इलाका प्रहरी कार्यालय पकलीको भवन शिलान्यास गरिएको छ ।
बुधबार एक कार्यक्रमबीच इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले प्रहरी कार्यालयको भवन शिलान्यास गरेका हुन् ।
कार्यक्रममा बोल्दै मेयर पौडेलले जनताको शान्ति, सुरक्षा गर्ने प्रहरीको लागि बन्न लागेको भवन सुविधा सम्पन्न हुनुपर्ने बताए । जनताको सुरक्षामा खटिने प्रहरीहरू अहिलेपनि जीर्ण भवनमा रहेकाले भवन निर्माणपछि थप सहज हुने बताए ।
२०१२ सालमा स्थापना भएको इलाका प्रहरी कार्यालय पकलीको भवन जीर्ण बनेकाले भवन निर्माण गर्ने लागिएको हो ।
भवन निर्माण गर्न बनेको आर्थिक समितिको संयोजक राजन बस्नेतले ६ कोठे भवनलाई ३२ लाख र ४ कोठे भवनलाई १८ लाख गरी ५० लाखको लगानीमा भवन बनाउन लागेको जानकारी दिए ।
शिलान्यास कार्यक्रममा इटहरी १६ का वडाध्यक्ष तेजनारायण चौधरी, इटहरी १७ का वडाध्यक्ष प्रभात आचार्य र इटहरी १८ का रामकुमार चौधरी, भवन निर्माण समितिका अध्यक्ष वीरेन्द्र राई लगायतको उपस्थिति थियो ।













Discussion about this post