Friday, September 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

उवासंघ इटहरी : जीवन पराजुली भन्छन्, ‘व्यवसायीका सबै समस्या न्यूनीकरणमा मेरो नेतृत्व सार्थक हुन्छ’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २७, २०७९
in समाचार
0
उवासंघ इटहरी : जीवन पराजुली भन्छन्, ‘व्यवसायीका सबै समस्या न्यूनीकरणमा मेरो नेतृत्व सार्थक हुन्छ’
159
SHARES
Share on FacebookShare on Twitter

इटहरी : उद्योग वाणिज्य संघ (उवासंघ) इटहरीको निर्वाचन शनिबार हुँदैछ ।

अध्यक्ष पदका लागि चारजना प्रतिष्पर्धामा छन् । जसमध्ये पनि तीनजनाबीच मुख्य प्रतिष्पर्धा हुने देखिएको छ ।

अध्यक्षका लागि जीवन पराजुली, रञ्जु सिग्देल र गायत्री कटवाल (भण्डारी) बीच मुख्य प्रतिष्पर्धा हुने भएको हो । अध्यक्षका उम्मेदवार पीताम्बर पोखरेलले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै पराजुलीको समूहलाई समर्थन गरेका छन् । अध्यक्षकै उम्मेदवार मणिन्द्रकुमार कटवाल भने चुनावी प्रचारमा त्यति सक्रिय छैनन् ।

यसैबीच अध्यक्षका उम्मेदवार पराजुलीले आँफू २२ वर्षकै उमेरदेखि व्यवसायमा लागेका कारण र व्यवसायीको हितमा काम गर्ने भएकाले चुनाव जित्ने दाबी गर्दै आएका छन् ।

इटहरीदेखि दार्जीलिङ हुँदै काठमाडौँसम्म पुगेर शैक्षिक अध्ययन गरेका उनले यसअघि जेसीज, लायन्स जस्ता संस्थामा नेतृत्व गरिसकेका छन् ।

तरहरा जेसीज वर्ष २०१३ का अध्यक्ष तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष समेत भइसकेका उनी लायन्स क्लब अफ इटहरी सिटी र लायन्स क्लब अफ ३२५ को जोन चियरपर्सन भइसकेका छन् ।

होटल व्यवसायी संघ इटहरीको वर्तमान अध्यक्ष तथा उद्योग वाणिज्य संघ इटहरीका वर्तमान सदस्य समेत रहेका उनी पर्यटनको क्षेत्रमा समेत काम गर्दै आएका छन् ।

‘व्यवसायीको मुख्य समस्या भनेकै कर हो, पार्किङका कुरा आइरहेका छन्,’ पराजुली भन्छन्, ‘ब्याजदरले व्यवसायीलाई पिरोलिरहेको छ, घरभाडा बहाल कर सम्बन्धि मुद्दा उठिरहेका छन्, यी सबै समस्या न्यूनीकरणका लागि मेरो नेतृत्व सार्थक हुन्छ ।’

उनले अहिले इटहरीको मुख्य चौकमा पार्किङ व्यवस्थापन समस्या भइरहेकाले त्यसको दीर्घकालीन व्यवस्थापनका लागि आँफूले काम गर्ने बताए ।

‘होलसेल र रिटेलको समस्या समाधानका कुरादेखि बिहीबार र शनिबारको बन्दबारे पनि छलफल गर्न मेरो भूमिका महत्वपूर्ण हुन्छ,’ पराजुली भन्छन्, ‘उद्यमशील विकासका तालिमार्फत व्यवसायीहरूलाई प्रोत्साहित गर्ने कार्ययोजना म सँग छ ।’

आँफू यसअघि पनि सबै व्यवसायीका शान्ति सुरक्षाका कुरामा काम गर्दै आएकाले सबै समस्याबारे छलफल गरी समाधानतर्फ उन्मुख हुने उनले बताए ।

उनले भने, ‘म सरल र सजिलो मान्छे हुँ भनेर व्यवसायी साथीहरूले नै भन्नुहुन्छ, त्यसैले व्यवसायीले जतिबेला जहाँ बोलाउँदा पनि मेरो उपस्थिति हुनेछ ।’

उनले स–साना व्यवसायदेखि ठूला व्यवसायीलाई समेत समेट्दै एकसुत्रमा उनेर काम गर्ने प्रतिबद्वता व्यक्त गरे ।

‘विगतमा व्यवसायिक हितको निम्ति काम गरेकै कारण मलाई रोज्नैपर्छ भन्ने लाग्छ,’ उनले भने, ‘इटहरी व्यवसायिक हब बन्दै गर्दा यहाँ आएका समस्या समाधानमा हातेमालो गर्न मेरो उम्मेदवारी हो ।’

उनले आँफू निर्वाचित भएर आइसकेपछि पदाधिकारीमध्ये एकजना दैनिक ४ घण्टा कार्यालयमा रही व्यवसायीको समस्या बुझ्ने बताए । आँफूले २३ बुँदे प्रतिबद्वता सार्वजनिक गरेकाले सो पूरा गर्न कुनै कसर बाँकी नराख्ने पराजुलीको भनाइ छ ।

यो पनि – उवासंघ इटहरी निर्वाचन : यस्ता छन् अध्यक्षका उम्मेदवार जीवन पराजुली समूहका २३ संकल्प

यो पनि – उवासंघ इटहरी निर्वाचन : अध्यक्षका उम्मेदवार जीवन पराजुलीलाई ६ दलको साथ (कसले के भने ?)

यो पनि – उवासंघ इटहरी निर्वाचन : अध्यक्षका उम्मेदवार पीताम्बर पोखरेलको समर्थन जीवन पराजुलीलाई (भिडियोसहित)

Tags: #उवासंघजीवन पराजुली
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मन्त्रीको ‘ग्रीन सिग्नल’पछि कोशीका दुई सय ३२ योजना यसै वर्ष सम्पन्न गर्ने तयारी
FEATURE BREAKING

मन्त्रीको ‘ग्रीन सिग्नल’पछि कोशीका दुई सय ३२ योजना यसै वर्ष सम्पन्न गर्ने तयारी

by टाकुरा न्यूज । इटहरी
अशोज २, २०८३
0

विराटनगर : कोशी प्रदेशमा स्रोत अभावमा वर्षौंदेखि अधुरा र अलपत्र अवस्थामा रहेका २३२ वटा योजनाहरू यसै आर्थिक वर्षभित्र सम्पन्न हुने...

समाचार

इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
अशोज २, २०८३
0

इटहरी : इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ वर्षीय अनिल राई...

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

एक अर्ब ५७ करोडको हुण्डी कारोबार आरोपमा सुनसरी प्रहरीद्धारा दुई जना पक्राउ

अशोज २, २०८३
कानुनी साक्षरतामा जटिल प्रश्न – पाँच सय पनि नतिरी किन फरार हुन्छन् प्रतिवादी ?

कानुनी साक्षरतामा जटिल प्रश्न – पाँच सय पनि नतिरी किन फरार हुन्छन् प्रतिवादी ?

अशोज १, २०८३
वराहक्षेत्रमा तीर्थालुको सहायताका लागि खोलियो कार्यालय

वराहक्षेत्रमा तीर्थालुको सहायताका लागि खोलियो कार्यालय

अशोज १, २०८३
इटहरीमा सडक सुरक्षाका लागि रिफ्लेक्टर बोर्ड राखियो

इटहरीमा सडक सुरक्षाका लागि रिफ्लेक्टर बोर्ड राखियो

अशोज १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मन्त्रीको ‘ग्रीन सिग्नल’पछि कोशीका दुई सय ३२ योजना यसै वर्ष सम्पन्न गर्ने तयारी

मन्त्रीको ‘ग्रीन सिग्नल’पछि कोशीका दुई सय ३२ योजना यसै वर्ष सम्पन्न गर्ने तयारी

अशोज २, २०८३

इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

अशोज २, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

एक अर्ब ५७ करोडको हुण्डी कारोबार आरोपमा सुनसरी प्रहरीद्धारा दुई जना पक्राउ

अशोज २, २०८३
हामी अब हिँड्ने बाटो अध्यात्म र दर्शनको हो (अन्तर्वार्ता)

हामी अब हिँड्ने बाटो अध्यात्म र दर्शनको हो (अन्तर्वार्ता)

अशोज १, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    957 shares
    Share 383 Tweet 239
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    759 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    406 shares
    Share 162 Tweet 102
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    354 shares
    Share 142 Tweet 89
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.