Saturday, September 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

उवासंघ इटहरी निर्वाचन : अध्यक्षका उम्मेदवार जीवन पराजुलीलाई ६ दलको साथ (कसले के भने ?)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २४, २०७९
in समाचार
0
उवासंघ इटहरी निर्वाचन : अध्यक्षका उम्मेदवार जीवन पराजुलीलाई ६ दलको साथ (कसले के भने ?)
177
SHARES
Share on FacebookShare on Twitter

इटहरी : उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा अध्यक्षका उम्मेदवार जीवन पराजुलीलाई ६ दलले साथ दिने भएका छन् ।

उद्योगी, व्यवसायीहरूको साझा संस्था उवासंघमा राजनीतिकरण गर्न नहुने, तर विभिन्न दलमा आवद्व व्यवसायीहरूलाई समेटेका कारण पराजुलीलाई साथ दिएको दलहरूले बताएका छन् ।

मंगलबार एक कार्यक्रमबीच निर्वाचनका लागि उम्मेदवारहरूको घोषणा गरियो । जसअन्तर्गत नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा नेपालले साथ दिने घोषणा गरेका हुन् ।

राप्रपा सुनसरीका सचिव अनिल सुब्बाले चुनावी प्रक्रियाअन्तर्गत आँफूहरूले पनि भाग लिएको बताए ।

‘हाम्रो पार्टीले सर्वपक्षीय छलफल गरेर को सक्षम छ भनेर विचार गरी जीवन पराजुलीको समूहलाई सघाएको हो,’ सुब्बाले भने, ‘यसअघिको नेतृत्वले धेरै काम गरेपनि प्रचार गरिएन, तर अबको नेतृत्वले कामसँगै प्रचार पनि गर्छ भन्ने विश्वाससहित हामी साथै रहेको उद्घोष गर्दछौँ ।’

राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेश १ का संगठन विभाग प्रमुख चन्द्र राईले एक दल र एक पक्षीय उम्मेदवार नभइ सबै दललाई समेटेर लैजाने पराजुलीको समूहलाई सहयोग गरेको बताए ।

‘व्यवसायिक संस्थामा राजनीतिक दलको हस्तक्षेप हुनुहुँदैन,’ उनले भने, ‘कुनै एक दल र एक पक्षीय उम्मेदवार नभएकै कारण हाम्रो पनि साथ रहेको हो ।’

कार्यक्रममा नेकपा माओबादी प्रदेश १ का नेता जगदीश सापकोटाले आँफूहरूले व्यवसायिक हितमा काम गर्ने नेतृत्व चाहेको र अहिलेका लागि पराजुली सक्षम उम्मेदवार रहेकाले चुनावी गठबन्धन गरेको बताए ।

नेपाली कांग्रेसका पूर्व क्षेत्रीय सभापति मणिराम श्रेष्ठले कोही व्यक्ति पनि आफ्नो दम्भमा रहन नहुने तर्क गरे ।

कतिपयले अहिले नकारात्मक प्रचार गरिरहेको भएपनि पराजुलीको समूहले आँफूले गर्ने सकारात्मक कामको प्रचार गर्नुले व्यवसायीको हितमा रहेको बताए ।

कांग्रेस महाधिवेशन प्रतिनिधि विकास केसीले व्यवसायिक संस्थामा राजनीतिकरण गर्न नहुने तर्क गरे । ‘सबै क्षेत्रको प्रतिनिधित्व हुनेगरी व्यापारीलाई समेटेर जाने सक्षम नेतृत्व चुन्नका लागि अपिल गर्दछु,’ केसीले भने, ‘व्यवसायिक समस्या समाधान गर्नका निम्ति यो टिम सफल हुनेछ भन्ने विश्वास लिएको छु ।’

अध्यक्षका उम्मेदवार पराजुलीले भने आँफू काँधमा जिम्मेवारी लिएर व्यवसायीको हितमा उभिएको बताए ।

‘यसअघि नेतृत्वमा बसेका साथीहरूले एउटै टिममा बसेर पनि काम भएन भनेर प्रचार गरियो,’ पराजुलीले भने, ‘अबको नेतृत्वले सबै समस्याको समाधान गर्छ, अहिले पार्किङको समस्या उठिरहँदा व्यवसायीको पक्षमा बोल्ने कोही छैनन् ।’

उनले स्थानीय सरकार कर मात्रै उठाउने काम गरेको आरोप लगाए । ‘उपमहानगरपालिकालाई खाली कर मात्रै चाहिएको छ, व्यवसायीको समस्यामा बोल्नुपरेकै छैन,‘ उनले भने, ‘अहिले बाटो साँघुरो भयो भनेर पार्किङ हटाइएको छ, समस्याको समाधान छैन ।’

६ लेनको सडक निर्माण भएपनि बाटो साँघुरो देखाउँदै सरकारले व्यवसायीलाई असर पुर्याउने काम गरेको बताए । आँफूले नेतृत्व गरेको अवस्थामा भने जुनसुकै अवस्थामा पनि व्यवसायीको हितमा काम गर्ने उनको प्रतिबद्वता छ ।

कार्यक्रमका सभापति उवासंघ इटहरीका अध्यक्ष भीमबहादुर पौडेलले पराजुलीको समूहलाई जिताएमा व्यवसायीको पक्षमा काम हुने दाबी गरे । आँफू नेतृत्वमा रहँदा व्यवसायीका हितमा थुप्रै काम भएको उनले स्मरण गरे ।

यो पनि – उवासंघ इटहरी निर्वाचन : अध्यक्षका उम्मेदवार पीताम्बर पोखरेलको समर्थन जीवन पराजुलीलाई (भिडियोसहित)

Tags: #उवासंघजीवन पराजुली
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा स्रोत नखुलेको ५ लाख ३० हजार रुपैयाँसहित युवक पक्राउ
समाचार

सुनसरीमा स्रोत नखुलेको ५ लाख ३० हजार रुपैयाँसहित युवक पक्राउ

by टाकुरा न्यूज । इटहरी
अशोज ३, २०८३
0

इटहरी । सुनसरीको बर्जु गाउँपालिका–३ फारम चोकबाट स्रोत नखुलेको पाँच लाख ३० हजार रुपैयाँसहित एक युवक पक्राउ परेका छन् ।...

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
FEATURE BREAKING

एक हजार ४५४ किलो गाँजासहित एकजना पक्राउ

by टाकुरा न्यूज । इटहरी
अशोज ३, २०८३
0

इनरुवा : सुनसरीको इनरुवा नगरपालिका–१०, जाल्पापुर चम्राही टोलबाट प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार शनिबार...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

अशोज ३, २०८३
‘काफ्ले’ गीतका सर्जक युवराज काफ्लेले ‘बखते’ चलचित्र निर्माण गर्ने

‘काफ्ले’ गीतका सर्जक युवराज काफ्लेले ‘बखते’ चलचित्र निर्माण गर्ने

अशोज २, २०८३
सशस्त्र प्रहरीद्वारा एकसय तीस किलो गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा एकसय तीस किलो गाँजा बरामद

अशोज २, २०८३
त्रियुगा–१० मा निरन्तर हातेमालो कार्यक्रम

त्रियुगा–१० मा निरन्तर हातेमालो कार्यक्रम

अशोज २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मुखौटाभित्रको मान्छे  (कविता)

मुखौटाभित्रको मान्छे (कविता)

अशोज ३, २०८३
गजल (राज भट्टराई)

गजल (राज भट्टराई)

अशोज ३, २०८३
सुनसरीमा स्रोत नखुलेको ५ लाख ३० हजार रुपैयाँसहित युवक पक्राउ

सुनसरीमा स्रोत नखुलेको ५ लाख ३० हजार रुपैयाँसहित युवक पक्राउ

अशोज ३, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

एक हजार ४५४ किलो गाँजासहित एकजना पक्राउ

अशोज ३, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    959 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    513 shares
    Share 205 Tweet 128
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.