मोरङ : मोरङको मिक्लाजुङ गाउँपालिका ३ को कालिका माध्यमिक विद्यालयमा अध्ययनरत १४ वर्षीया बालिकालाई विद्यालय भित्र नै कुटपिट गर्ने १३ जना बालिकाहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
बैशाख ६ गते उनीहरूले संगठित रूपमा बालिकालाई कुटपिट गरेको र भिडियो समेत बनाई सामाजिक संजालमा पोष्ट गरेको सूचना प्राप्त भएसँगै इलाका
प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बैशाख ११ गते पक्राउ गरेको हो ।
पक्राउ परेका बालिकाहरूलाई मोरङ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
घटनामा घाइते भएकी बालिकाको बी एण्ड सी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post