इटहरी : भलिबल खेललाई राष्ट्रिय खेल घोषणा गरेको छैटौँ वर्षको अवसर पारेर सोमबार इटहरीमा दीप प्रज्वलन गरिएको छ ।
जिल्ला भलिबल संघ सुनसरीका अध्यक्ष विक्रमबाबू थापाका अनुसार नेपाल सरकारले नेपालको राष्ट्रिय खेल भलिबललाई घोषणा गरेको दिनको अवसर पारेर दीप प्रज्वलन गरिएको हो ।
मन्त्रीपरिषद्को बैठकले २०७४ जेठ ८ गते भलिबल खेललाई नेपालको राष्ट्रिय खेलको रूपमा घोषणा गरेको थियो ।
सोही अवसर पारेर सुनसरीका खेलाडी तथा कार्यसमितिका पदाधिकारीहरूले खुशी साट्दै दीप प्रज्वलन गरेको थापाले बताए ।
भलिबल नेपालका लागि भौगोलिक रूपमा सुहाउँदो र ७७ वटै जिल्लामा खेलिने खेल रहेको थापाले बताए ।
खेललाई मनोरञ्जनका रूपमा मात्र सीमित पारिरहन नहुने उनको भनाइ छ ।






![हामी नवौँ वर्षमा [प्रकाशकीय]](http://takuranews.com/wp-content/uploads/2026/09/Takura-9th-Anniversary-120x86.png)








Discussion about this post