इटहरी : सोमबार (भोलि) सार्वजनिक विदा हुने भएको छ । सोमबार गणतन्त्र दिवसको अवसर पारेर सरकारले सार्वजनिक विदा दिने भएको हो ।
हरेक वर्ष सरकारले गणतन्त्र दिवसको दिन सार्वजनिक विदा दिँदै आएको छ ।
२०६२।६३ को जनआन्दोलन सफल भएपछि गठित संसदको ०६५ जेठ १५ गते बसेको पहिलो बैठकले नेपाललाई औपचारिक रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको घोषणा गरेको थियो ।
राजसंस्था अन्त्य गर्दै गणतन्त्र घोषणा गरिएको उक्त दिनको सम्झनामा हरेक जेठ १५ लाई गणतन्त्र दिवसको रुपमा त्यसयता मनाइँदै आएको छ ।












Discussion about this post