धरान : धरानस्थित वीपी प्रतिष्ठानका डाक्टर, विद्यार्थी र कर्मचारीहरू सडक आन्दोलनमा उत्रिएका छन् ।
वीपी प्रतिष्ठानको रक्षा गर , जबर्जस्ती नगर सरकार, छाता ऐन हामी मान्दैनौ, जस्ता पम्प्लेट बोकेर मौन प्रदर्शन गरिएको हो ।
वीपी प्रतिष्ठान छुट्टै स्वायत्त संस्थाको स्थापना भएपनि तीन दशकपछि यसलाई छाता ऐनमा लाने सरकारी तयारी भएसँगै राजनीतिक दल, प्रतिष्ठानका कर्मचारी, शिक्षक लगायत सम्बन्धित पक्ष आन्दोलिन बनेका हुन् ।
उनीहरूले संघर्ष समिति गठन गरेर आन्दोलनमा होमिएका छन् ।
भारत र नेपालको मैत्रीपूर्ण सहयोगमा २०५० सालमा निर्माण भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सरकारले छाता ऐनमा लैजाने प्रक्रिया अगाडि बढाएसँगै धरानका राजनीतिक दल, बुद्धिजीवी, समाजसेवी, वीपी प्रतिष्ठानका चिकित्सक, कर्मचारी, विद्यार्थी तथा शिक्षकहरूले संयुक्त रुपमा दबाबमूलक कार्यक्रमलाई अगाडि सारेका छन् ।














Discussion about this post