Monday, September 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

‘प्रतिष्ठानलाई पूर्ण विश्वविद्यालय बनाउनुपर्छ, छाता ऐन राख्न हुर्दैन’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ८, २०८०
in समाचार
0
‘प्रतिष्ठानलाई पूर्ण विश्वविद्यालय बनाउनुपर्छ, छाता ऐन राख्न हुर्दैन’
71
SHARES
Share on FacebookShare on Twitter

धरान : चिकित्सा विश्वविद्यालय बनाउने उद्येश्यले भारतको अखिल भारतीय आयुर्विज्ञान संस्थानको मोडलमा स्थापना भएको वीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानलार्ई पूर्ण विश्वविद्यालय बनाउनुपर्ने सरोकारवाहरूले माग गरेका छन् ।

नेपाल सरकारले सबै स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई एक ठाँउमा राख्ने गरी ल्याउन लागेको नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नराखी छुट्टै विश्वविद्यालय बनाउनुपर्नेमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ संघर्ष समितिले बिहीबार काठमाडौमा गरेको अन्तक्रियामा सरोकारवाला तथा प्रतिष्ठानका पूर्व उपकुलपतिहरूले जोड दिएका छन् ।

प्रतिष्ठानको स्थापनानै चिकित्सा विश्वविद्यालय बनाउने उद्येश्यले भएकोले यसलाई छाता ऐन भित्र राख्न नहुने प्रतिष्ठानका पूर्व उपकुलपति तथा कांग्रेस नेता डा। शेखर कोइरालाको भनाई छ ।

‘प्रतिष्ठानको सुरुवात गर्दा नै यसलाई विश्वविद्यालय बनाउने उदेश्य  थियो,’ कोइरलालले भने ‘प्रतिष्ठान भारतको एम्सको मोडलमा स्थापना भएको हो, यो अन्य प्रतिष्ठाभन्दा विशिष्ट प्रतिष्ठान भएकाले यसलाई छाता ऐनमा नराखी पुर्ण विश्वविद्यालय बनाउनुपर्छ ।’

धरान या कोसी प्रदेशको लागि मात्र नभई देशकै लागि प्रतिष्ठानलाई मेडिकल विश्वविद्यालय बनाउन आवश्यक रहेको कोइरालाले बताए । ‘छाता  ऐनमा वीपी प्रतिष्ठानमा लैजाँदा देशलाई नै घाटा हुन्छ, यसको विशिष्ट पहिचान छ । यो अन्य प्रतिष्ठानभन्दा विलकुलै फरक छ ।’ उनले भने ।

चिकित्सा शिक्षा आयोेगको दम्भ र घमण्डको कारण अहिले प्रतिष्ठान माथि आक्रमण भएको वताउदै कोइरालाले भने ‘चिकित्सा शिक्षा आयोेगक आँफूलाई सुपेरियर हिरो ठान्छ, त्यसको कारण यो प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन समस्या भएको हो ।’

अध्ययन अनुसन्धान,सेवा समेत अन्तराष्ट्रिय स्तरमा ख्याति कमाइसकेको अवस्थामा विश्वविद्यालय बनाउनु पर्नेमा तल झारेर छाता ऐनमा लैजानु गलत भएको पूर्व उपकुलपति प्रा। डा। लोकविक्रम थापा बताउँछन् ।

उनले नेपालमा भएका अन्य विश्वविद्यालयभन्दा फरक खालको मेडिकल विश्वविद्यालय बनाउने उदेश्यले प्रतिष्ठानको स्थापना गरिएको बताउदै भने, ‘चिकित्सा शिक्षाका उच्च तहसम्मको अध्ययन हुँदै आएको प्रतिष्ठानले नेपालमा कुनैपनि स्वास्थ्य समस्या समाधान गर्न सामथ्र्य राख्छ ।’

प्रतिष्ठानका स्थापक पूर्व निर्देशक मदन उपाध्यायले प्रतिष्ठानलाई मेडिकल विश्वविद्यालयको रुपमा विकास गर्ने योजना अनुरुप नै प्रतिष्ठानमा निर्देशक हटाएर उपकुपतिको नेतृत्वमा सञ्चालन सुरु गरेको बताए ।

उनले सरकारले  ल्याउन लागेको छाता ऐनमा प्रतिष्ठानमा राख्न लागेको सुन्दा आँफू अचम्मित भएको र दुःख समेत लागेको बताए ।

‘नेपालका दल र नेताहहरूको अर्कमण्डयताका कारण  प्रतिष्ठानलाई छाना ऐनमा लगेर आंगिक क्याम्पसको रुपमा पुर्याउन लागिएको हो,’ उनले भने, ‘प्रतिष्ठानलाई यो कुनै हालतमा छाता ऐनमा लान दिनु हुँदैन, यसलाई भारतको एम्स जस्तै विशिष्ट खालको मेडिकल विश्वविद्यालय बनाउनुपर्छ  ।’

वरिष्ठ चिकित्सकहरूलाई धरान टाढा भएकाले उनीहरूले उपत्यका बाहिर भएको विश्वविद्यालय सो सरहको प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन बाधा पुर्याइरहेको पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले बताए ।

कोसी प्रदेशको मात्र नभई देशकै गौरव रहेको प्रतिष्ठानलाई छाता ऐनमा नराखी विश्वविद्यालय बनाउनुपर्ने कोशी प्रदेश सांसद मीना श्रेष्ठले बताइन् ।

धरानको भाग्य र भविष्यसँग जोडिएको प्रतिष्ठानलाई छाता ऐनमा लान नदिने वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ संघर्ष समिति धरानका संयोजक मुक्सामहाङ मेन्याङ्बोले बताए ।

Tags: #वीपी प्रतिष्ठानवीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ
FEATURE BREAKING

लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ २८, २०८३
0

इटहरी : लेनदेन बिगोसम्बन्धी मुद्दामा दुई वर्ष कैद सजाय तोकिएपछि फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । इलाका...

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत
Uncategorized

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

by टाकुरा न्यूज । इटहरी
भदौ २८, २०८३
0

उदयपुृर । भोटेकोशी बाढीमा नुवाकोटको त्रिशूलीबाट बेपत्ता भएका उदयपुरका ४२ वर्षीय देवेन्द्र घिमिरेको प्रतीकात्मक कुशको शव बनाएर शनिबार अन्त्येष्टी गरिएको...

हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

भदौ २८, २०८३
पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

भदौ २८, २०८३
हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

भदौ २८, २०८३
जमिन भासिएर पहिरो : तीन घर बगे, त्रासमा गाउँ

जमिन भासिएर पहिरो : तीन घर बगे, त्रासमा गाउँ

भदौ २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

यी राशिलाई हुनेछ आज लाभ (राशिफल)

यी राशिलाई हुनेछ आज लाभ (राशिफल)

भदौ २९, २०८३
६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

भदौ २८, २०८३
रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

भदौ २८, २०८३
हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

भदौ २८, २०८३



लाेकप्रिय

  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    706 shares
    Share 282 Tweet 177
  • लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    516 shares
    Share 206 Tweet 129
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    350 shares
    Share 140 Tweet 88
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    296 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.