इटहरी : बुधबार (भोलि) कोसी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिने भएको छ ।
विश्व आदिवासी तथा जनजाति दिवसको उपलक्ष्यमा प्रदेशभर विदा दिने भएको हो ।
अगष्ट ९ लाई अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको मान्यता दिएको भन्दै प्रदेशका आदिवासीको भावनालाई सम्बोधन गरेर विदा दिएको प्रदेश सरकारले जनाएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मंगलबार एक सूचना प्रकाशित गरेरै विदाबारे जानकारी गराएको हो ।
प्रदेश सरकारले दिएको विदा संघीय सरकार मातहतका निकायहरूमा पनि लागू हुने मन्त्रालयले जनाएको छ ।













Discussion about this post