इटहरी : कोसी प्रदेशसभाको चौथो अधिवेशनको चौथो बैठक आज (सोमबार) दिउँसो १ बजे बस्ने भएको छ ।
गत कात्तिक १ गते स्थगन गरिएको सो बैठक कोसी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम बैठक बस्न लागेको हो ।
कोसी प्रदेशसभामा स्थानीय सेवाका सर्त र सुविधालाई व्यवस्थित गर्न बनेको विधेयकमात्र बिजनेशको रुपमा रहेको छ ।
त्यसबाहेक प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको बजेट सम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पनि सरकारले लैजाने तयारी गरेको छ ।














Discussion about this post