विराटनगर : कोसी प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको कोसी प्रदेश आर्थिक अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको बिधेयक पारित भएको छ ।
प्रदेशसभाको आइतबारको बैठकले आर्थिक अध्यादेश प्रतिस्थापन गर्न बनेको कोसी प्रदेश सरकारको अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको बिधेयक २०८० पारित गरेको हो ।
आर्थिक मामिला तथा योजना मन्त्रालयसमेतको जिम्मेवारी सम्हालेका मुख्यमन्त्री केदार कार्कीले पेश गरेको बिधेयक सर्वसम्मत रूपमा पारित भएको हो ।
तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वमा भदौ २२ गते गठन भएको सरकारले जारी गरेको अध्यादेश प्रतिस्थापन बिधेयक पारित भएको हो ।
त्यसअघि जेठ ३२ गते कार्की नेतृत्वको सरकारले नै ल्याएको अध्यादेश त्यसपछि बनेको उद्धब थापा नेतृत्वको सरकारले प्रतिस्थापन गर्न नपाई निष्क्रिय भएपछि पुनः बनेको कार्की नेतृत्वको सरकारले अध्यादेश जारी गरेको थियो ।














Discussion about this post