Sunday, September 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विचार

विद्यार्थी आन्दोलन विगत र वर्तमान

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ १, २०८१
in विचार, समाचार
0
विद्यार्थी आन्दोलन विगत र वर्तमान
331
SHARES
Share on FacebookShare on Twitter

विं सं. २००४ सालमा काठमाडौंको तीनधारा पाठशालामा संस्कृत पढ्ने विद्यार्थीहरूले आधुनिक शिक्षा प्रणालीका भूगोल, अर्थशास्त्र, इतिहासजस्ता विषयहरू पनि अध्यापन हुनुपर्छ भन्ने माग राखेर ‘जयतु संस्कृतम्’ आन्दोलनको सुरुवात गरे ।

विद्यार्थीहरूले संस्कृत विषयमा मात्र अध्ययन गर्न पाउने तत्कालीन राणा शासकहरूको व्यवस्था विरुद्दको यो आन्दोलन नै नेपाली विद्यार्थी आन्दोलनको विकासका निम्ति पहिलो जग बन्न पुगेको देखिन्छ । सोही आन्दोलनको पृष्ठभूमिमा आजका सबै विद्यार्थी सङ्गठनहरूको गठन हुदै आएको स्मरण गर्न सकिन्छ ।

पछि विं सं. २००६ सालमा कम्युनिस्ट पार्टीको स्थापना भएसँगै त्यसबेलाका प्रगतिशील चेत भएका विद्यार्थीहरू एकजुट भइ असार १७ गते भूमिगत रूपमै प्रचण्ड राजसिंहको नेतृत्वमा अखिल नेपाल विद्यार्थी फेडेरेशन (अनेविफे) गठन भएको इतिहास छ । अनेविफले २००७ सालको दिल्ली सम्झौताको सशक्त विरोध गरी तत्कालीन समयका विद्यार्थीहरूमा राजनैतिक जागरण भर्ने कार्य गरेको थियो ।

देशमा पञ्चायती शासन व्यवस्थाको सुरुवात भएपछि राजनीतिक क्रियाकलाप सञ्चालन र सङ्गठन स्थापना तथा विस्तारका सबै काममा प्रतिबन्ध लगाइयो । तर, विद्यार्थीहरूको अत्यधिक दबाबका कारण २०१८ मा स्वतन्त्र विद्यार्थी युनियनको स्थापना भयो । वि.सं. २०२१ मा त्रिचन्द्र कलेज विद्यार्थी युनियनको सक्रियतामा उपत्यकाव्यापी अन्तरकलेज सङ्गठनको सम्मेलन भयो ।

सो सम्मेलनले विद्यार्थी युनियन खोल्न पाउने, असमान राष्ट्रघाती सन्धीहरू खारेज गर्नुपर्ने, गोरखा भर्तीकेन्द्र खारेज गर्नुपर्नेलगायतका माग राखी उपत्यकामा विशाल जुलुस प्रदर्शन गरियो । पञ्चायती सरकारले जुलुस प्रदर्शन दबाउन खोज्दा विद्यार्थीहरूले हड्ताल नै सुरु गरे ।

त्यस समयमा उपत्यका एक हजारभन्दा बढी विद्यार्थीहरूले सडकमा राँको बालेपछि बाध्य भएर उनीहरूका माग पूरा गरी अन्य सङ्गठनहरू खोल्न पाउने अधिकार प्राप्त भएको गर्विलो इतिहास आजको दिनमा सम्झन लायक छ ।

यसरी २०२१ जेठ १ मा विद्यार्थी आन्दोलन घोषणा भएको र उक्त आन्दोलनले विद्यार्थीहरू सामु पञ्चायती सरकारलाई आत्मसमर्पण गर्न बाध्य तुल्याइ महत्वपूर्ण उपलब्धि हासिल भएकाले जेठ १ लाई आजसम्म पनि विद्यार्थी एकता दिवसको रूपमा मनाइँदै आएको छ ।

विद्यार्थी एकता दिवसलाई स्मरण गर्दा…

विं सं. २०२८ सालमा शेरबहादुर देउवाको नेतृत्वमा स्थापना भएको नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले तत्कालीन पञ्चायत सरकारले स्ववियुमाथि २०३० सालदेखि लगायतको प्रतिबन्ध विरुद्द सर्वोच्च अदालतमा रिट दायर गरी विद्यार्थी सङ्गठनहरू शैक्षिक एवम् सामाजिक संस्था भएकाले प्रतिबन्ध फुकुवा हुनुपर्छ भन्ने पक्षमा २०३६ सालमा फैसला गराउन सफल भयो ।

त्यसताका पाकिस्तानका पूर्वप्रधानमन्त्री जुल्फिकर अलि भुट्टोलाई सैनिक शासकले मुत्युदण्डको सजाय दिएपछि नेपाली विद्यार्थीहरूले पाकिस्तानी राजदूतावास अगाडि गएर आन्दोलन चर्काउदा पञ्चायती सरकारको निर्देशनमा प्रहरीले विद्यार्थीहरूमाथि दमन र धरपकड गर्दा आक्रोशित विद्यार्थी र प्रहरीको बीचमा झडपसमेत भयो ।

उक्त आन्दोलनले पञ्चायती शासन व्यवस्थाको विरुद्धमा जनमत सङ्ग्रह गर्नुपर्ने माग राखेपछि विद्यार्थीको दबाब र आन्दोलन थेग्न नसकेका राजा वीरेन्द्रले २०३७ वैशाख २० गते जनमत सङ्ग्रह गराउन बाध्य भए । दुर्भाग्यवश बहुदलले बहुमत प्राप्त नगरेपनि विद्यार्थीहरूको दबाबबाट गरिएको जनमत सङ्ग्रह ऐतिहासिक उपलब्धि थियो ।

२०४६ मा बहुदलीय व्यवस्थाको स्थापना गर्नसमेत विद्यार्थी आन्दोलन र एकताले अग्रणी भूमिका खेलेको छ । २०५२ फागुन १ बाट सुरु भएको माओवादी जनयुद्द मा माओवादी निकट अखिल (क्रान्तिकारी)ले गरेको योगदान पनि महत्वपूर्ण र गौरवमय रहेको छ ।

२०६२/६३ सालको जनआन्दोलनमा समेत नेपाली विद्यार्थीहरू अग्रमोर्चामा रहेर निरङ्कुश राजतन्त्र विरुद्द सङ्घष गरेको गर्विलो इतिहास ताजै छ । यसरी नेपालको सामाजिक राजनीतिक एवम् सबैखाले अग्रगामी परिवर्तनका आन्दोलनमा विद्यार्थी आन्दोलनको योगदान महत्वपूर्ण छ । र, आजका अधिकांश नेताहरू विद्यार्थी आन्दोलनकै जगबाट पैदा भएको तथ्य नकार्न सकिन्न ।

वर्तमान अवस्था

जनताको वाक स्वतन्त्रता र सर्वसाधारणले पढ्न पाउने अधिकारमाथिको प्रतिबन्ध तथा राणा र राजाहरूको चरम दमन र निरंकुशताको बीचमा ऐतिहासिक पहलकदमीसहित सङ्गठित भइ देशको राजनैतिक परिवर्तनको नेतृत्व गर्न सफल नेपाली विद्यार्थी आन्दोलन यतिबेला सुस्त र प्रभावबिहीन बन्न पुगेको छ भन्न सकिन्छ ।

सुरुवातीदेखि नै अलि बढी राजनैतिक मुद्दामा केन्द्रीत विद्यार्थी सङ्गठनहरूले आजको बदलिदो परिवेशमा आफ्नो नया कार्यदिशा निर्धारण गर्न नसक्दा आजको दिनमा विद्यार्थी संघसङ्गठनको औचित्यमाथि नै प्रश्न चिह्न खडा भएको छ । राजनैतिक व्यवस्था परिवर्तन भएपनि नेपाली शिक्षा क्षेत्रमा खासै परिवर्तन हुन सकेको छैन ।

विद्यार्थी सङ्गठनहरू आज पनि राजनैतिक दल र मुद्दामै केन्द्रीत हुनाले नेपालमा विश्व परिवेशअनुसारको माटो सुहाउँदो र जीवन उपयोगी शिक्षाको अभ्यास र विकासका निम्ति विद्यार्थी आन्दोलनले जुन पहलकदमी लिनुपथ्र्यो त्यसबाट चुकेको महसुस गर्न सकिन्छ । आज नेपालाका विश्वविद्यालयहरूमा चरम बेथिति र समस्याहरू छन् ।

विश्वविद्यालयभित्र कर्मचारी, प्रध्यापकहरू र विभिन्न दल निकट विद्यार्थी सङ्गठनहरूका आ–आफ्नै राजनीतिक र सामूहिक स्वार्थहरू बाझिदाँ विश्वविद्यालयको व्यवस्थापन र सञ्चालन भद्रगोल बन्न पुगेको छ ।

यतिसम्म कि समयमै परीक्षा र समयमै नतिजा प्रकाशन गर्न नसक्ने स्थितिमा आइपुगेको छ, आज हाम्रो विश्वविद्यालय । विगतका दिनमा जनजीविकाको सवालमा सशक्त आन्दोलन गरेर स्थापित भएका विद्यार्थी सङ्गठनहरू आज विश्वविद्यालय सुधार र नया शैक्षिक मुद्दामाथि बहस गर्नुको सट्टा दलीय आस्थाको आधारमा भागबन्डाको लडाइ र शैक्षिक संस्थाहरूमा ताला लगाउने प्रतिस्पर्धामा लिप्त छन् । जसले गर्दा आम विद्यार्थी र समाजको नजरमा विद्यार्थी सङ्गठनको आशा र भरोसा गुम्दै गएको यथार्थ र विद्यमान अवस्था छ ।

आज पनि २०२८ सालको पाठ्यक्रम, उही परीक्षामुखी शिक्षा प्रणालीबाट ग्रसित हाम्रा नेपाली विद्यार्थीहरू अन्तराष्ट्रिय बजारमा रोजगारीका निम्ति प्रतिस्पर्धा गर्न असक्षम भइ सस्तो श्रमिकको रूपमा काम गर्न बाध्य हुनुपरेको छ ।

देशभित्र शैक्षिक बेरोजगारी दर डरलाग्दो संख्यामा बढ्दो छ । युवा शक्तिहरूको वैदेशिक पलायन हुने दर दिनानुदिन बढ्दो छ । युवा विद्यार्थीहरूको यति धेरै समस्या र मुद्दाहरूमाथि नयाँ नीति र कार्यक्रमसहित आवाज उठाउनुपर्ने हाम्रा विद्यार्थी सङ्गठनहरू केवल आफ्नो पार्टी र नेताको गुनगान गाउन मै सीमित हुनु बिडम्बना हो ।

विद्यार्थी आन्दोलनको ओजिलो इतिहासमाथिकै अपमान हो । आज विद्यार्थी संगठनहरूले स्वतन्त्र हैसियतमा आफूलाई प्रस्तुत गर्ने भन्दापनि पार्टीको एउटा अंगको रूपमा स्थापित गरिरहँदा आज आम विद्यार्थीका शैक्षिक मुद्दाहरू ओझेलमा पर्दै गएका हुन् ।

अहिलेको शैक्षिक प्रणाली, विज्ञान प्रविधि र विद्यार्थीको चेतनामा आएको नयाँ परिवर्तनलाई बुझ्न र आत्मसात् गर्न सङ्गठनहरू चुकिरहेका छन् । त्यसैले आज विद्यार्थी संगठनहरूले विद्यार्थी आन्दोलनको नेतृत्व गर्न सकिरहेका छैनन् । र, उनीहरूसँग परिवर्तित सन्दर्भमा विद्यार्थी आन्दोलनको नेतृत्व गर्ने क्षमता पनि छैन भन्दा फरक नपर्ला ।

त्यसैले राजनीतिक, वैचारिक जागरणको जगमा उठेको विद्यार्थी आन्दोलनमा आज त्यस्तो राजनीतिक जागरण, जाँगर र बलिदानीको कुनै गुञ्जायस भेटिदैँन । अहिलेका विद्यार्थी नेताहरूले विद्यार्थी आन्दोलनको औचित्य र महत्व सकिएको बहसको डिफेन्स गर्नुपर्ने स्थितिमा पुगेको सहजै महसुस गर्न सकिन्छ ।

तर शिक्षालय र विद्यार्थीहरू रहुन्जेल विद्यार्थी संगठन र आन्दोलनको सान्दर्भिकता किमार्थ समाप्त हुँदैन । पहिलाभन्दा अझ जिम्मेवार र सशक्त ढंगले विद्यार्थी आन्दोलनलाई स्थापित गर्नु आजको मुख्य आवश्यकता देखिन्छ ।

शिक्षा क्षेत्रमा निजीकरण, व्यापारीकरण र माफियाकरणको जालो निकै डरलाग्दो ढङ्गले मौलाएको छ । यो नै आज विद्यार्थी आन्दोलनको प्रधान शत्रु हो । त्यसैले फेरि पनि विद्यार्थी आन्दोलन भरोसिलो र प्रभावशाली हुन जरुरी छ । त्यसका लागि आफ्नै पार्टीभित्र रहेका शिक्षाका व्यापारीहरूविरुद्ध विद्रोह सुरु गर्न जरुरी छ ।

शैक्षिक ऋण, सवारी साधनमा विद्याार्थीलाई दिइने ४५ प्रतिशत छुटको मुद्दा लगायतलाई कार्यान्वयनमा ल्याउन आवश्यक छ । साथै, वैज्ञानिक, जीवनमूखी र रोजगारमुलक शिक्षा प्रणाली लागूका निम्ति रचनात्मक आन्दोलनको जरूरी देखिन्छ ।

विकासका निम्ति पहलकदमी शिक्षा क्षेत्रमा राजनैतिक भागवण्डाको अन्त्य गर्न अबको विद्यार्थी आन्दोलनले पहल गर्नुपर्छ । शिक्षालाई श्रमसँग र श्रमलाई उत्पादनमा जोड्ने शैक्षिक प्रणाली निर्माणमा अबको आन्दोलनको जोड हुनुपर्छ ।

अन्त्यमा, विद्यार्थी सङ्गठनको नेतृत्वमा विश्वविद्यालयमा नियमित अध्ययनरत विद्यार्थीको प्रतिनिधित्व सुनिश्चित गरी विद्यार्थी राजनीतिलाई वास्तविक विद्यार्थीको हातमा जिम्मा लगाउनु अबको विद्यार्थी आन्दोलनको अभिभारा हो ।

(दाहाल अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) सुनसरी जिल्ला अध्यक्ष हुन् ।)

Tags: अखिल क्रान्तिकारीनवीन दाहालविद्यार्थी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत
Uncategorized

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

by टाकुरा न्यूज । इटहरी
भदौ २८, २०८३
0

उदयपुृर । भोटेकोशी बाढीमा नुवाकोटको त्रिशूलीबाट बेपत्ता भएका उदयपुरका ४२ वर्षीय देवेन्द्र घिमिरेको प्रतीकात्मक कुशको शव बनाएर शनिबार अन्त्येष्टी गरिएको...

हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो
समाचार

हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

by माधव पोख्रेल
भदौ २८, २०८३
0

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाईमा आइतबार बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थानका सुकदेव...

पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

भदौ २८, २०८३
हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

भदौ २८, २०८३
जमिन भासिएर पहिरो : तीन घर बगे, त्रासमा गाउँ

जमिन भासिएर पहिरो : तीन घर बगे, त्रासमा गाउँ

भदौ २८, २०८३
मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

भदौ २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

भदौ २८, २०८३
हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

भदौ २८, २०८३
पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

भदौ २८, २०८३
हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

भदौ २८, २०८३



लाेकप्रिय

  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    550 shares
    Share 220 Tweet 138
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    347 shares
    Share 139 Tweet 87
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    292 shares
    Share 117 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    261 shares
    Share 104 Tweet 65

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.