Tuesday, April 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

विराटनगरमा ‘महानगर रोजगार मेला’ सुरू, सबैभन्दा बढी ‘स्टाप नर्स’को माग

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस १, २०८१
in समाचार
0
विराटनगरमा ‘महानगर रोजगार मेला’ सुरू, सबैभन्दा बढी ‘स्टाप नर्स’को माग
121
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगर महानगरपालिकाको आयोजनामा सोमबारदेखि ‘महानगर रोजगार मेला’ सुरू भएको छ ।

विराटनगर–७ स्थित इको पार्कमा सुरू भएको मेलाको मेयर नागेश कोइरालाले उद्घाटन गरे । रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाहरूलाई जोड्ने उद्देश्यले मेलाको आयोजना गरिएको महानगरले जनाएको छ ।

युवा जनशक्तिको वैदेशिक पलायनलाई रोक्ने उद्देश्यले स्वदेशमा नै रोजगारीको अवसर प्रदान गर्नका लागि मेला आयोजना गरिएको मेयर कोइरालाले जानकारी दिए ।

विराटनगर महानगरपालिकाले बेरोजगार युवायुवतीलाई रोजगारीको अवसर प्रदान गर्न, युवा श्रम शक्ति र रोजगारदाताको बीचमा समन्वय गर्ने गरी रोजगार मेला आयोजना गरिएको उनको भनाइ छ ।

दुईदिने मेलाबाट तीन सयभन्दा बढी युवायुवतीले रोजगारी प्राप्त गर्ने मेयर कोइरालाले बताए ।

‘२०८० सालमा आयोजना गरिएको पहिलो महानगर रोजगार मेलाबाट एक सय ९७ जना युवा रोजगार भएका थिए, उनले भने, ‘यस वर्ष चार सय जनाभन्दा बढी बेरोजगार युवाले रोजगार प्राप्त गर्ने हाम्रो अनुमान छ ।’

उपमेयर शिल्पा निराला कार्कीले रोजगार उपलब्ध गराउने निकाय र रोजगारको खोजीमा रहेका युवालाई एउटै थलोमा राखेर पुलको काम महानगरपालिकाबाट भएको बताइन् ।

‘महानगरपालिकाले हरेक वर्ष रोजगार मेला आयोजना गर्ने गरेको छ,’ उनले भनिन्, बेरोजगारलाई रोजगारी सिर्जना गर्न, बेरोजगार र रोजगारदाताको बीचमा सम्बन्ध स्थापित गर्नका लागि पनि मेलाको महत्वपूर्ण छ ।’

इनरुवा नगरपालिकाकी उपमेयर विनिताकुमार मेहता, महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, ३ का वासुबहादुर बस्नेत, १० का अर्जुन गिरी, १९ का श्याम घिमिरेलगायतको उपस्थितिमा भएको कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले नेपालमा दक्ष प्राविधिक नहुँदा भारतबाट कामदारहरू ल्याउनुपर्ने बाध्यता विद्यामान रहेको उल्लेख गरे ।

अहिले बजारमा दक्ष जनशक्तिको अभाव रहेको उनीहरूको भनाइ थियो ।

विराट व्यापार संघका उपाध्यक्ष शरद श्रेष्ठ, नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौलालगायतले घरेलु तथा साना उद्योगमा युवा तथा किशोरीहरूले रोजगार प्राप्त गर्दै आएको बताएका थिए । ३० वटा बढी स्टल रहेको रोजगार मेलामा आफ्नो दक्षता र सीपको आधारमा रोजगारदाताले युवा जनशक्तिसँग परामर्श गर्नेछन् ।

यसैबीच मेलामा सबैभन्दा बढी ‘स्टाप नर्स’को माग आएको महानगरको रोजगार शाखाका कपिल थापाले जानकारी दिए ।

नोबेल, विराट मेडिकल कलेज, मोरङ सहकारी अस्पताल, न्यूरो अस्पताललगायतबाट एक सयभन्दा बढी ‘स्टाप नर्स’को माग आएको थापाले बताए ।

उनका अनुसार ‘स्टाप नर्स’पछि प्रशासन, बजार व्यवस्थापक (मार्केटिङ), सवारी चालक, प्राविधिक, कम्प्युटर टेक्निसियन, लेखापाल, रिसेप्सनिस, बिक्रेतालगायतमा माग आएको छ ।

स्टल राखेका सबै रोजगारदाताबाट चार सयभन्दा बढीको माग आएको छ । त्यस्तै, दुई हजारभन्दा बढीले रोजगारीका लागि आवेदन दिएका छन् ।

गत वर्षको मेलामा ३२ वटा स्टल समावेश गरिएको थियो भने एक सय ९७ जनाले रोजगारी प्राप्त गरेका थिए । तीन हजार दुई सयले मेलाको प्रत्यक्ष अवलोकन गरेका थिए । यस वर्षको मेलामा ५ हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा राखिएको थापाले बताए ।

Tags: #विराटनगररोजगार मेलाविराटनगर महानगरपालिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा लाटोकोसेरोको समूह
पर्यावरण

सुनसरीमा लाटोकोसेरोको समूह

by टाकुरा न्यूज । इटहरी
बैशाख १४, २०८३
0

सुनसरीको इनरुवा नगरपालिका–४ मा आँपको रूखको हाँगामा बसेको कोचलगाँडे लाटोकोसेरोको समूह । मानव बस्ती नजिक तथा र कृषि क्षेत्रहरूमा देखिने...

लटरी परेको भन्दै ठगी गर्ने गिरोह सक्रिय
FEATURE BREAKING

लटरी परेको भन्दै ठगी गर्ने गिरोह सक्रिय

by टाकुरा न्यूज । इटहरी
बैशाख १४, २०८३
0

इटहरी : पछिल्लो समय मोबाइल फोनहरूमा अपरिचित व्यक्तिबाट म्यासेज गरी लटरी परेको भन्दै ठगी गर्ने गिरोह सक्रिय भएको छ। खासगरी लटरी...

इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

सूचना जारी गर्दै इटहरी उपमहानगरले भन्यो – ‘सडक क्षेत्र अतिक्रमण हटाउनु’

बैशाख १४, २०८३
वातावरणीय प्रदूषण र मानव अधिकारबारे सरोकारवालाको चासो

लागूऔषधसहित इटहरीका दुई युवक पक्राउ 

बैशाख १४, २०८३
वातावरणीय प्रदूषण र मानव अधिकारबारे सरोकारवालाको चासो

वातावरणीय प्रदूषण र मानव अधिकारबारे सरोकारवालाको चासो

बैशाख १४, २०८३
भोजपुर–चखेवा सडक : २४ घण्टापछि आंशिक रूपमा सञ्चालन

भोजपुर–चखेवा सडक : २४ घण्टापछि आंशिक रूपमा सञ्चालन

बैशाख १३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा लाटोकोसेरोको समूह

सुनसरीमा लाटोकोसेरोको समूह

बैशाख १४, २०८३
लटरी परेको भन्दै ठगी गर्ने गिरोह सक्रिय

लटरी परेको भन्दै ठगी गर्ने गिरोह सक्रिय

बैशाख १४, २०८३
इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

सूचना जारी गर्दै इटहरी उपमहानगरले भन्यो – ‘सडक क्षेत्र अतिक्रमण हटाउनु’

बैशाख १४, २०८३
वातावरणीय प्रदूषण र मानव अधिकारबारे सरोकारवालाको चासो

लागूऔषधसहित इटहरीका दुई युवक पक्राउ 

बैशाख १४, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1454 shares
    Share 582 Tweet 364
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    643 shares
    Share 257 Tweet 161
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    468 shares
    Share 187 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    386 shares
    Share 154 Tweet 97
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    378 shares
    Share 151 Tweet 95

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.