टाकुरा न्युज
Tuesday, May 20, 2025
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

विराटनगर विमानस्थल : नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत

रासस by रासस
प्रकाशित मिति : फाल्गुन १९, २०८१
0
विराटनगर विमानस्थल : नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत
67
SHARES
Share on FacebookShare on Twitter

मोरङ : विराटनगर विमानस्थललाई स्त्तरोत्रति गर्ने कार्यअनुरुप नयाँ टर्मिनल भवनको निर्माण कार्य द्रूत गतिमा भइरहेको जनाइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर सञ्जीव खड्काले भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत र वित्तीय प्रगति ३७ प्रतिशत पुगेको जानकारी दिए ।

विराटनगर महानगरपालिका–४ मा निर्माणाधीन भवनको विसं २०७९ फागुन १ गते तत्कालीन संस्कृति, पर्यटन  तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शिलान्यास गरेका थिए । भवन निर्माण आगामी २०८२ मङ्सिरभित्र सम्पत्र गर्ने लक्ष्य छ ।

नयाँ टर्मिनल भवन निर्माणमा दैनिक २२५ कामदारले बिहान ७ देखि राति १० बजेसम्म दुई ‘सिफ्ट’मा  काम गरिरहेको जनाइएको छ ।

कोशी–डाँफे जेभी निर्माण कम्पनीले तीन अर्ब १२ करोडको लागतमा भवन निर्माणको ठेक्का लिएको हो ।

भवनमा प्रति घण्टा ५५० यात्रु बस्ने क्षमताको हुनेछ भने १७ वटा चेक इन काउन्टर, अति विशिष्ट कक्ष, बालबालिकाको खेल्ने स्थल, विशिष्ट कक्ष, पत्रकार सम्मेलन कक्ष, भन्सार, अध्यागमन, भन्सार, क्वारेन्टिइन तथा व्यावसायिक विभित्र पसल तथा कक्ष रहनेछन् ।

प्रदेशको राजधानी रहेको विराटनगरमा आगामी दिनमा हवाई यात्रुको सङ्ख्या बढ्ने सक्ने सम्भावनाका आधारमा भवन निर्माण गरिएको इन्जिनियर खड्काको भनाइ छ । तीनतले सो भवनमा चारवटा लिफ्ट र चारवटा स्काइलेटर रहेछन् ।

विराटनगर नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी युवराज अधिकारीले हाल विमानस्थलबाट दैनिक दुई हजार यात्रुहरुले सेवा लिइरहेको बताए । विमानस्थलमा हाल दैनिक रूपमा बुद्ध एयरले नौ, यतिले ६ र श्री एयलाइन्सले चार वटा उडान गरिरहेका छन् ।

निर्माण कम्पनीका इन्जिनियर रमेश पौडेलले अत्याधुनिक प्रविधिको प्रयोग गरी भवन निर्माण गरिएको बताउनुभयो । उनले तोकिएको समयमै काम पूरा गर्ने गरी लागिएको बताए । आगामी दिनमा विमानस्थलबाट अन्तरराष्ट्रिय उडान गर्ने गरी भवनमा निर्माण गरिएको उनको भनाइ छ ।

भारत सरकारको सहयोगमा विसं २०२५ मा निर्माण गरिएको विराटनगर विमानस्थलले कूल १२२ बिघा क्षेत्रफल ओगटेको छ ।

विराटनगर–११ का व्यवसायी अर्जुन सुवेदीले काठमाडौँपछि ठूलो सहरका रूपमा रहेको यस क्षेत्रबाट भारतको नयाँ दिल्ली, बनारस, कोलकाता र बङ्गलादेशमा उडान भएमा यस क्षेत्रमा पर्यटकहरूको आवागनमा वृद्धि हुनेमा विश्वास व्यक्त गरे ।

विराटनगर विमानस्थलबाट केही समयअगाडि पोखरा, भैरहवा र हिमाली उडान भएका थिए । यस्तै, नेकोन एयरले केही वर्षअगाडि विमानस्थलबाट भारतको कोलकाताको उडान गरेको थियो ।

विमानस्थल कार्यालयले विमानस्थलले गत आर्थिक वर्षमा रु १७ करोड ५६ लाख राजस्व सङ्कलन गरेको जनाएको छ ।

साथै सन् २०२४ मा विमानस्थलमार्फत तीन लाख २९ हजार ८९ यात्रुहरू यहाँबाट प्रस्थान गरेका थिए भने तीन लाख २९ हजार ९४९ यात्रुहरूको आवागमन भएको थियो । सोही अवधिमा पाँच हजार ७५४ पटक विमानको आगमन भएको थियो भने पाँच हजार ७५६ वटा विमान गरेका थिए ।

Tags: #रासस#विराटनगरभवन निर्माणविमानस्थल

Related Posts

एकै परिवारका ६ जनाले गरे मकालु हिमाल आरोहण
FEATURE BREAKING

एकै परिवारका ६ जनाले गरे मकालु हिमाल आरोहण

by रासस
प्रकाशित मिति : जेष्ठ ६, २०८२
0

सङ्खुवासभा : सङ्खुवासभाको मकालु गाउँपालिका–२ का एकै परिवारका ६ जनाले मकालु हिमाल आरोहण गरेका छन् । मकालु गाउँपालिका–२ का चार...

FEATURE BREAKING

झापामा आगलागीबाट ११ लाख बराबरको क्षति, कल्भर्टबाट लडेर एकको मृत्यु

by रासस
प्रकाशित मिति : जेष्ठ ६, २०८२
0

झापा : झापाको मेचीनगरमा आगलागी हुँदा ११ लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक...

आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ

प्रतिबन्धित औषधी र गाँजासहित पाँच जना नियन्त्रणमा

प्रकाशित मिति : जेष्ठ ६, २०८२
मोरङमा बसको ठक्करबाट बालिकाको मृत्यु

मोरङमा बसको ठक्करबाट बालिकाको मृत्यु

प्रकाशित मिति : जेष्ठ ६, २०८२
ड्रोनबाट देखिएको सङ्खुवासभाको खाँदबारी

ड्रोनबाट देखिएको सङ्खुवासभाको खाँदबारी

प्रकाशित मिति : जेष्ठ ६, २०८२
भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

प्रकाशित मिति : जेष्ठ ६, २०८२

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

एकै परिवारका ६ जनाले गरे मकालु हिमाल आरोहण

एकै परिवारका ६ जनाले गरे मकालु हिमाल आरोहण

प्रकाशित मिति : जेष्ठ ६, २०८२

झापामा आगलागीबाट ११ लाख बराबरको क्षति, कल्भर्टबाट लडेर एकको मृत्यु

प्रकाशित मिति : जेष्ठ ६, २०८२
आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ

प्रतिबन्धित औषधी र गाँजासहित पाँच जना नियन्त्रणमा

प्रकाशित मिति : जेष्ठ ६, २०८२
मोरङमा बसको ठक्करबाट बालिकाको मृत्यु

मोरङमा बसको ठक्करबाट बालिकाको मृत्यु

प्रकाशित मिति : जेष्ठ ६, २०८२



लाेकप्रिय

  • तरहरा : घरमा पानी हाल्ने क्रममा छतबाट लडेर असईको मृत्यु

    तरहरा : घरमा पानी हाल्ने क्रममा छतबाट लडेर असईको मृत्यु

    2426 shares
    Share 970 Tweet 607
  • विराटनगरमा स्कुल हिँडेका बालकको गेटले किचेर मृत्यु

    2411 shares
    Share 964 Tweet 603
  • धरानमा ब्राउनसुगर र ट्याबलेटसहित तीन युवक पक्राउ

    1802 shares
    Share 721 Tweet 451
  • तरहरामा ग्याङ फाइट, घाँटीमा धारिलो हतियार प्रहार

    1040 shares
    Share 416 Tweet 260
  • इटहरीबाट बराहक्षेत्र गएका मामा–भाञ्जालाई सप्तकोशी नदीले बगायो, भाञ्जालाई बगाएछि मामा बचाउन गएका थिए

    965 shares
    Share 386 Tweet 241
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana