भारतमा बसेर नेपालको विभिन्न शहरमा अवैध हतियार र लागूऔषध भित्राउने गिरोहका मुख्य नाइके पक्राउ परेका छन् ।
प्रहरीको ‘मोस्ट वान्टेडको’ सूचीमा रहेका अवैध हतियार र लागूऔषधको कारोबारी गर्ने भारतीय नागरिक पक्राउ परेका हुन् ।
भारतमा बसेर प्रदेश १ र २ नम्बर प्रदेशको विभिन्न जिल्लाहरूमा हातहतियार र लागूऔषधको कारोबारको सञ्जाल बिस्तार गर्ने भारतको अररिया जिल्ला इन्द्रनगर ग्राम पञ्चायतका १० टिकुलिया टोलका ३९ वर्षीय बग्गा भनेर चिनिने प्रदीप यादबलाई प्रहरीले पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।
पक्राउ परेका बग्गा आपराधिक कार्य गर्ने गिरोहका मुख्य नाईके रहेको खुलेको उनले बताए ।
विराटनगर १६ दरैयाबाट पक्राउ गरेको बग्गाको साथबाट प्रहरीले डाइलेक्स डि.सी १५ बोतल, नाईट्रोसन ५० चक्की र नाईट्राभेट ५१ चक्की लागूऔषध सहित पक्राउ गरेको उनले बताए ।














Discussion about this post