सुनसरीको देवानगञ्ज गाउँपालिका २ बाट प्रहरीले ठूलो मात्रामा अवैध लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।
सादापोसाकको गस्ती प्रहरी टोलीले विशेष सूचनाको आधारमा सुनसरी देवानगञ्ज गाउँपालिका २ देवानगञ्ज कप्तानगंज सडक खण्डमा सोही ठाउँ बस्ने वर्ष २१ को शिव शंकर यादवलाई प्रहरी पक्राउ गरेको हो ।
पछाडि भिर्ने कालो रंगको झोला भित्र ९९ बोतल अवैध लागूऔषध सहित सुनसरी प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका यादवमाथि ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post