Saturday, May 30, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

अस्पतालमा घुमाउँदा–घुमाउँदै सुनसरीका विरामीको एम्बुलेन्समै मृत्यु

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख १९, २०७७
in टाकुरा विशेष, समाचार
0
अस्पतालमा घुमाउँदा–घुमाउँदै सुनसरीका विरामीको एम्बुलेन्समै मृत्यु

file foto

782
SHARES
Share on FacebookShare on Twitter

अस्पतालले भर्ना गर्न नमान्दा सुनसरीका एकजना युवाको मृत्यु भएको छ ।
सुनसरीका २७ बर्षीय रवीन्द्र यादवलाई मोरङका विभिन्न अस्पतालहरुले भर्ना गर्न नमानेपछि उनको मृत्यु भएको हो ।

सुनसरीको देवानगञ्ज–१ का यादवलाई गत आइतबार विराटनगरको कोसी अस्पतामा भर्ना गरिएको थियो ।
उनलाई भेन्टिलेटर आवश्यक पर्ने भएपछि बुधबार बेलुका अन्यत्र रेफर गरिएको थियो ।

मृर्गौला र कलेजोमा समस्या देखिएपछि भेन्टिलेटर चाहिने भएकोले अन्यत्र रेफर गरेको कोसी अस्पतालले जनाएको छ ।
कोसीबाट रेफर भएपछि भेन्टिलेटर भएको अस्पताल खोज्दै बुधबार साँझदेखि बिहीबार अपरान्हसम्म आफन्तले विराटनगरका अस्पतालमा गुहार गरेपनि उनलाई ज्वरो आएको भन्दै विराटनगरका अस्पतालले भर्ना गर्न नमान्दा उनको मृत्यु भएको परिवारले जनाएका छन् ।
बुधबार राती ११ बजेसम्म नोबेल अस्पतालको इमर्जेन्सी अगाडि राखिएपनि विरामीलाई भर्ना गर्न नमानेको रवीन्द्रका बुवा जोगीलाले यादवले बताए ।

विहीबार अपरान्ह सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याईएको भएपनि उनको एम्बुलेन्समा ल्याउँने क्रममै निधन भएको डाक्टरहरुले घोषणा गरेका थिए ।

उनको साँझ ७ बजे मृत्यु भएको डाक्टरहरुले घोषणा गरेका थिए ।
‘एक सय भन्दा माथि ज्वरो आएको भन्दै भर्ना गर्न मानेनन,’ जोगीलाले विक्षिप्त हुँदै भने, ‘कोसी अस्पतालका नर्सहरुले यहाँ राखे विरामीको मृत्यु हुन्छ भने हामीले गोल्डेन अस्पताल पनि लग्यौँ, त्यहाँ पनि केही सीप लागेन ।’

उनले विराटनगरका सबैजसो अस्पतालमा उपचारका लागि लगिएको भएपनि भर्ना गर्न नमान्दा रवीन्द्रको मृत्यु भएको हो ।
यादवका अनुसार विराटनगरका कुनै पनि अस्पतालले भर्ना लिन नमानेपछि बीपी प्रतिष्ठान धरानमा ल्याउँदा रवीन्द्रको एम्बुलेन्समै ज्यान गएको थियो ।

विहीबार नै नोबेल अस्पतालले उदयपुरबाट ल्याईएकी गर्भवती महिलालाई अप्रेसन थियटरबाट निकालेको समाचार बाहिरिएको थियो ।
कोरोना संक्रमण फैलिएको जिल्लाबाट बिरामी ल्याईएको र कोरोना लागेको हुनसक्ने भन्दै नोबेलले अप्रेसन थियटरबाट गर्भवती महिलालाई निकालेको समाचार बाहिरिएको थियो ।
अहिले विराटनगरका अधिकांश अस्पतालहरुले विरामी लिन नमान्दा बिरामीहरुको बिचल्ली हुने गरेको छ ।

यो पनि – कोरोना फैलिएको जिल्लाबाट आएको भन्दै उदयपुरकी गर्भवती महिलालाई नोबेलले अप्रेशन थियटरबाटै निकाल्यो‘

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा नयाँ अस्पतालभन्दा व्यवस्थापन सुधारको माग बलियो
FEATURE BREAKING

इटहरीमा नयाँ अस्पतालभन्दा व्यवस्थापन सुधारको माग बलियो

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १६, २०८३
0

इटहरी : इटहरीमा बहुविशेषज्ञ अस्पताल निर्माणको माग उठिरहे पनि सरोकारवालाहरूले स्वास्थ्य क्षेत्रको मुख्य समस्या नयाँ भवन नभई विद्यमान सेवाको कमजोर व्यवस्थापन...

सोलुखुम्बुमा दाउराले प्रहार गरी छिमेकीको हत्या
समाचार

बोराभित्र महिलाको शव फेला, हत्या गरेर फालिएको हुन सक्ने

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १६, २०८३
0

झापा : झापामा बोराभित्र एक महिलाको शव फेला परेको छ । दमक नगरपालिका वडा नम्बर १० सेतुमाडीस्थित रतुवा खोलाको पुल मुनि...

गुलाबी रङका फूलले सिमसार क्षेत्र मनमोहक, शङ्करबेलीमा पर्यटकको बढ्दो आकर्षण

गुलाबी रङका फूलले सिमसार क्षेत्र मनमोहक, शङ्करबेलीमा पर्यटकको बढ्दो आकर्षण

जेष्ठ १६, २०८३
कोशी प्रदेशसभा कटहरीमा सर्ने भएपछि स्थानीय उत्साहित

कोशी प्रदेशसभा अवरोध अन्त्यसँगै बजेट प्रक्रिया ‘ट्र्याक’मा 

जेष्ठ १६, २०८३
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक (पूर्णपाठ)

२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक (पूर्णपाठ)

जेष्ठ १५, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी प्रदेशमा अब हप्ताको दुई दिन स्थानीय पोसाक अनिवार्य

जेष्ठ १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा नयाँ अस्पतालभन्दा व्यवस्थापन सुधारको माग बलियो

इटहरीमा नयाँ अस्पतालभन्दा व्यवस्थापन सुधारको माग बलियो

जेष्ठ १६, २०८३
सोलुखुम्बुमा दाउराले प्रहार गरी छिमेकीको हत्या

बोराभित्र महिलाको शव फेला, हत्या गरेर फालिएको हुन सक्ने

जेष्ठ १६, २०८३
गुलाबी रङका फूलले सिमसार क्षेत्र मनमोहक, शङ्करबेलीमा पर्यटकको बढ्दो आकर्षण

गुलाबी रङका फूलले सिमसार क्षेत्र मनमोहक, शङ्करबेलीमा पर्यटकको बढ्दो आकर्षण

जेष्ठ १६, २०८३
कोशी प्रदेशसभा कटहरीमा सर्ने भएपछि स्थानीय उत्साहित

कोशी प्रदेशसभा अवरोध अन्त्यसँगै बजेट प्रक्रिया ‘ट्र्याक’मा 

जेष्ठ १६, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1497 shares
    Share 599 Tweet 374
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1424 shares
    Share 570 Tweet 356
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    899 shares
    Share 360 Tweet 225
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    626 shares
    Share 250 Tweet 157
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    609 shares
    Share 244 Tweet 152

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.