इटहरीका जीवन खनालको मृत्यु शंकास्पद देखिएको छ ।
धरानको एक होटलमा मंगलबार झुण्डिएको अवस्थामा मृत फेला परेका इटहरीका खनालको मृत्यु शंकास्पद देखिएको हो ।
सधैँ हँसिलो मुद्रामा रहने जीवन सबैको प्रिय पात्रका रुपमा चिनिन्थे ।
जग्गा कारोबारी गर्ने जीवन सोमबार धरानको मालपोतमा काम छ भनेर उतै बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
धरानको एक होटलमा मृत भेटिएका उनी भेन्टिलेसनमा तन्ना गाँठो पारेर झुण्डिएको अवस्थामा भेटिएका थिए ।
कोठाको चुक्कुलपनि नलगाएको पाइएकोले घटना शंकास्पद रहेको बताईएको छ। घटनाबारे सत्य, तथ्य सार्वजनिक गर्नका लागि सामाजिक सञ्जालहरुमा इटहरीबासीले माग गरेका छन् ।
















Discussion about this post