Wednesday, August 12, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

स्थानीय तहका कर्मचारीप्रति किन सौतेनी व्यवहार ?

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन ८, २०७७
in टाकुरा विशेष, विचार
0
स्थानीय तहका कर्मचारीप्रति किन सौतेनी व्यवहार ?
524
SHARES
Share on FacebookShare on Twitter

नेपालको संविधान, भाग ५ धारा ५६ मा राज्यको संरचना (१) मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुनेछ (पृष्ठ ३१) भनि प्रष्ट रूपमा लेखिएको छ । त्यसै अनुसार देश संघीयतामा प्रवेश ग¥यो ।

सिंहदरबारको सेवा घरघरमा भनियो । परिणाम स्वरूप ७५३ वटा स्थानीय तहहरूको वर्गीकरण भए सँगै जनतालाई सेवा दिन स्थानीय तहका कर्मचारीको दरखास्त आह्वान गरियो ।

विगतमा जस्तै परीक्षा लोकसेवा आयोगबाटै लिइयो । लोकसेवा पास गरेर प्राय सबै जसो पालिकामा पुगेर स्थानीय कर्मचारीले आफ्नो काम गरिरहेका छन् । अझै पनि स्थानीय तहका कर्मचारी र संघका कर्मचारी व्यवस्थापन गर्नु फलामको चिउरा चपाउनु जस्तै भएको छ ।

कतिपय पालिकाले आफ्नो एकल निर्णयबाट लोकसेवा पास गरेर आएका कर्मचारीलाई हाजिर गराएनन् । सबै स्थानीय सरकारहरूको सुपरीवेक्षणको भूमिका संघीय सरकारको भए पनि व्यवहारमा त्यो देखिन सकेको छैन । त्यस्तै केही दिन अघि सिन्धुलीको एक पालिकाले लोकसेवा पास गरेर आएका कर्मचारीलाई कार्य सम्पादन सन्तोषजनक नभएको भन्दै फिर्ता पठायो ।

त्यति मात्र होइन, यतिबेला सबै कर्मचारीहरूले कार्य सम्पादन मूल्याङ्कनको फारम धमाधम भरिरहेका छन् । एउटै प्रक्रियाबाट सेवा प्रवेश गरेका स्थानीय तहका कर्मचारीहरूले भने छुट्टै फारम भर्नुपर्ने भएको छ । यी त पर्दा बाहिरका केही दृश्य मात्र हुन । नेपथ्यमा अनेकन छन् ।

तीन खाले कर्मचारीको अवधारण (संघ, प्रदेश र स्थानीय) अनुसार स्थानीय तहका कर्मचारीको व्यवस्थापन हुँदैछ । स्थानीय सरकारकाका जनप्रतिनिधिहरू जनताको ५ बर्षे म्यानडेट लिएर आएका छन् । नेपालको संविधानले सबै तहको अधिकार स्पष्ट किटान गरेको छ । तर, त्यो व्यवहारमा भने देखिन सकेको छैन । संघीय सरकारको कतिपय नीति नियमलाई स्थानीय सरकारले पालना गर्न सकेका छैनन् ।

त्यसैको परिणाम स्वरूप आफ्ना कार्यकर्ता भर्ती गर्न लोकसेवा पास गरेर आएका कर्मचारीलाई हाजिर नगराई बसेका छन् । कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन गरी विभागीय सजाय गर्ने अधिकार जनप्रतिनीधिहरूलाई दिइएको छैन । तर पनि त्यस्ता कुराको हेक्का किन राख्दैन सामान्य प्रशासन मन्त्रालय ?

कि स्थानीय तहका कर्मचारी चाहीँ कर्मचारी नै होइनन् ? यी प्रश्नको स्पष्ट जवाफ न त मन्त्रालय दिन सकेको छ, न त अन्य कुनै निकाय नै । सबै काम एउटै हुँदा हुँदै पनि व्यवहार भने फरक ।

कर्मचारी संयन्त्र भनेको राज्यले बनाउने नीति नियमलाई कार्यान्वयनमा ल्याउने एउटा पाटो हो । तीन तहका कर्मचारी मध्ये हाल संघ र स्थानीय तहका कर्मचारी मात्र आफ्नो क्षेत्रमा छन् । बाहिर जुन रूपले संघीय कर्मचारीलाई समायोजन गरेर स्थानीय तहमा पठाए पनि म संघको कर्मचारी हुँ भन्ने दम्भ भने हट्न सकेको छैन । लोकसेवा आयोगको एउटै बाटो, एउटै प्रक्रियाबाट सेवा प्रवेश गरेका कर्मचारी विचमा अन्तर कलह झाँगिदै गहिरहेको छ ।

संघ र स्थानीय तहका समान तहका, समान कर्मचारी हुँदाहुँदै पनि क्षेत्राधिकारमा भने आकाश पातलको फरक बनाइनु भनेको राज्यले स्थानीय तहका कर्मचारी प्रति सौतेनी व्यवहार गरेको प्रस्ट हुन्छ । अधिकांश ठाउँमा महत्वपूर्ण कार्य जस्तै आर्थिक अधिकारको प्रयोग गर्ने जिम्मा स्थानीय तहका कर्मचारीलाई दिइएको छैन ।

अझै पनि स्थानीय तहका कर्मचारीलाई सरकारले विश्वास गर्न सकेको देखिदैँन ।

केही प्रदेशले प्रदेश लोकसेवा आयोगको गठन गरेका छन् । अब विस्तारै प्रदेशबाट पुन : प्रदेश कर्मचारी आउनेछ । सबैलाई नियन्त्रण गर्ने एउटा मुख्य जिम्मेवार संयन्त्र आवश्यक पर्दछ । तर नियन्त्रण गर्ने नाममा कार्य विभाजनमा धेरै अङ्कुस लगाउँदा कार्य सम्पादन प्रभारकारी बन्न सक्दैन ।

अहिले पनि स्थानीय तहको कर्मचारी (अधिकृत) स्वीकृत गरेका कतिपय स्वीकृत गरेका निर्णयलाई अस्वीकृत गरी संघको कर्मचारीले गरी पठाउ भन्ने सम्मका निर्देशन नआएका भने होइनन् ।

भर्खरै संघीय निजामती ऐन राज्य व्यवस्था समितिबाट पास भएर आएको छ । त्यसका पनि धेरै विषयमा जिम्मेवार पक्षहरूले असहमति राख्दा राख्दै पास हुनु भनेको भोलि गएर कर्मचारी व्यवस्थापनको विषय झनै पेचिलो बन्ने सङ्केत हो ।

सबै प्रकारका कर्मचारीको उचित व्यवस्थापन गर्न नसक्ने हो भने कर्मचारीतन्त्रले अर्काे फरक बाटो नलेला भन्न सकिन्न ।
हाल प्राय सबै स्थानीय तहमा (निजामति) नवप्रवेशी कर्मचारी पुगेका छन् । पहिला भन्दा छिटो छरितो रूपमा काम सपन्न हुने कुरामा दुई मत नहोला ।

भर्खरै सेवा प्रवेश गरेका कर्मचारी अधिकांश २०–३० वर्ष उमेर समूहका छन् जसले अबको २५–३० वर्षसम्म स्थानीय तहमा बसेर सेवा गर्ने छन् । त्यति मात्र नभएर विभिन्न विषयमा स्नातकोत्तर गरेका छन् । जसको भरपुर प्रयोग राज्यले लिन सक्छ । भनिन्छ, युवा शक्तिले ठूलाठूला चट्टान फोर्न सक्छन् ।

त्यसरी नै राज्यले सिंहदरबारको सेवा सुविधा घर–घरमा पु¥याउने हो भने तिनै जोस जाँगर भरिएर गएका स्थानीय तहका कर्मचारीलाई विना सङ्कोच विश्वासमा लिएर अगाडि बढ्ने नीति अवलम्बन गर्नुपर्ने देखिन्छ ।

यदि संघ र स्थानीय कर्मचारी विचको खाडल झनझ बढ्दै जाने हो भने ‘समृद्ध नेपाल सुखी नेपाली’ को सपना सपनामै सीमित नहोला भन्दा अतिशयोक्ति नहोला । स्थानीय तहका कर्मचारीहरूको स्पष्ट कानुन छैन ।

उनीहरूको सरूवा, बढुवा, वृद्वि विकास के कसरी हुन्छ भन्ने कुरा अन्योलमा परेको छ । जति सक्दो संघीय निजामती ऐनले शक्ति समानीकारणलाई ध्यान दिएर संघीय निजामती ऐन आउन सके मात्र यो खाडल केही कम हुने देखिन्छ । अतः अनाहकमा नवप्रवेशी कर्मचारीमाथि भएको अन्यायको तत्काल समाधान गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक कदम चल्नु पर्ने हुन्छ ।

जसरी फलाम तातिएको बेला हान्दा मात्र एउटा निश्चित आकार दिन सकिन्छ, त्यसरी नै अहिले भरिएको जोस जाँगरलाई निश्चित ठाउँमा लगाउन सके मात्र कार्य सम्पादन प्रभावकारी हुने देखिन्छ ।

यदि यो जोस जाँगरलाई मार्ने हो भने हामी फेरी पुनः विकासशील र विकासित राष्ट्र बनाउने चाहनाबाट अधुरो नै रहने छौँ ।

 

(कार्की धर्मदेवी नगरपालिका संखुवासभाका शिक्षा अधिकृत हुन् ।)

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशीमा बैंकिङ कसुरको बढ्दो चुनौती : दैनिक मुद्दा, चेक बाउन्स प्रमुख समस्या
टाकुरा विशेष

कोशीमा बैंकिङ कसुरको बढ्दो चुनौती : दैनिक मुद्दा, चेक बाउन्स प्रमुख समस्या

by टाकुरा न्यूज । इटहरी
साउन २२, २०८३
0

विराटनगर : आर्थिक कारोबार विस्तारसँगै कोशी प्रदेशमा बैंकिङ कसुरका घटनाले चिन्ताजनक रूप लिन थालेका छन्। नेपाल प्रहरीको पछिल्लो तथ्याङ्कले प्रदेशमा...

अर्थपूर्ण जीवनतर्फ डोर्‍याउने विश्वप्रसिद्ध कृति
टाकुरा विशेष

अर्थपूर्ण जीवनतर्फ डोर्‍याउने विश्वप्रसिद्ध कृति

by केशव खतिवडा
साउन १६, २०८३
0

‘अर्थको खोजीमा मानिस’ नामक विश्वप्रसिद्ध पुस्तकका लेखक भिक्टर ई फ्राङ्कल (Viktore E Frankl) हुन् । उनी अष्ट्रियाका प्रसिद्ध न्युरोलोजिस्ट, दार्शनिक,...

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

साउन ५, २०८३
इटहरीमा कर्मचारीलाई कार्यालय पोसाकमा कडाई, सोमबार २५ जना कर्मचारी कारबाहीमा

पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

असार ३२, २०८३
वामपन्थीहरूको छटपटाहट

वामपन्थीहरूको छटपटाहट

असार २५, २०८३
लोकसेवाको नियुक्ति छाडेर इटहरीमा सेवाको बाटो रोजेका बलबहादुर न्यौपाने

लोकसेवाको नियुक्ति छाडेर इटहरीमा सेवाको बाटो रोजेका बलबहादुर न्यौपाने

असार २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आन्तरिक रावश्व कार्यालय भद्रपुरमा ७५ करोड राजश्व सङ्कलन

इलाम यातायात कार्यालयले एक वर्षमा उठायो १४ करोड ६३ लाख राजस्व

साउन २७, २०८३
भेडेटार स्काइ वाकमा भारतीय पर्यटकको आकर्षण

भेडेटार स्काइ वाकमा भारतीय पर्यटकको आकर्षण

साउन २७, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

साउन २६, २०८३
स्वास्थ्य सेवामा इटहरी उपमहानगरपालिकाको पहल : नोबेलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

स्वास्थ्य सेवामा इटहरी उपमहानगरपालिकाको पहल : नोबेलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

साउन २६, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1113 shares
    Share 445 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    634 shares
    Share 254 Tweet 159
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    467 shares
    Share 187 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    445 shares
    Share 178 Tweet 111

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.