धरानमा एकैदिन १२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार साउन १९ गते लिएको ९२ जनाको पीसीआर रिपोर्ट अनुसार ८० जनाको नेगेटिभ रिपोर्ट आएको छ भने १२ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
संक्रमण पुष्टि भएका मध्ये ६ जना भारतबाट आएर क्वारेन्टाइनमा बसेका हुन् भने अन्य ६ जना समुदायका नै हुन् ।
समुदायका संक्रमितमध्ये धरान ३ का एकै परिवारका ५ जनामा संक्रमण पुष्टि भएको छ । यो परिवारमा ८५ बर्षका वृद्धदेखि ७ बर्षका बालकमा पनि पोजेटिभ रिपोर्ट आएको छ ।
यसैगरि, रिपोर्टमा धरान १८ उल्लेख भएको ४० बर्षीया महिलामा पनि पोजेटिभ देखिएको छ ।
















Discussion about this post