तरहरा : तरहराका एकै घरका दाजु बहिनीको एकैदिन मृत्यु भएको छ । इटहरी २० तरहरा तामाङ टोलका एकराजेन राई र बहिनी दीपा राईको एकैदिन मृत्यु भएको हो ।
राजेन केही समयदेखि बिरामी थिए । उनी काठमाण्डौँमा स्कूल चलाएर बसेका थिए । उनी जण्डिसको बिरामी रहेको परिवारले जनाएको छ ।
त्यस्तै, दीपाको भने पित्तथैलीको पथ्थरिया भएपछि धरानस्थित विजयपुर अस्पतालमा अप्रेशन गर्न लगिएको थियो ।
डाक्टरको गम्भीर लापरवाहीको कारण मृत्यु भएको भन्दै छानविन गर्न आफन्तहरुले माग गरेका छन् ।
अस्पतालाई कडा कारवाही हुनु पर्ने तरहराबासीको माग छ । दाजु बहिनीको एकैदिन मृत्यु भएपछि आफन्त विछिप्त भएका छन् ।
अस्पतालका निर्देशक प्रभाव खतिवडाले अप्रेसनमा लापरवाही नभएको दाबी गर्दै अब्जरवेसनमा अचानक मुटूको समस्या देखिएपछि वीपी प्रतिष्ठान रिफर गर्नुपरेको बताए । ‘अप्रेसन अघि र पछि पनि सामान्य अवस्था नै थियो, तर अचानक मुटूको समस्या देखिएकोले वीपीमा पठाएका हौं,’उनले भने ।
मृतक राईले करिब एक महिनादेखि नै विजयपुर हस्पिटलमा उपचार गराइरहेकी थिइन् । उनलाई माघ ४ गते भर्ना गरेर अप्रेसन गरिएको थियो । अप्रेसन पछि अब्जरवेसनमा राखिएकी राईको रक्तस्राव भइरहेको उनका श्रीमानको जाहेरीमा उल्लेख गरेका छन् ।
उनको पित्तथैलीको शल्यक्रिया गर्ने क्रममा ज्यान गएपछि शल्यक्रिया गर्ने डाक्टर गजेन्द्रप्रसाद दासविरुद्ध ईलाका प्रहरी कार्यालय धरानमा उजुरी समेत परेको छ ।
मृतकका आफन्तले डा.दासको समूहले शल्यक्रिया गरेपछि अत्यधिक रक्तश्राव भएको भन्दै भोलिपल्ट रगत दिइएको थियो । तर त्यसपछि विरामीको अवश्था झनै जटिल बनेपछि डा.दास आफैंले विरामीलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्ष लिएर गएका थिए ।
आकस्मिक कक्षमा राखिएकी दीपालाई हेर्न समेत नदिइएको आफन्तले बताए ।
Discussion about this post