Sunday, November 22, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

भोजपुर–उदयपुर जोड्ने चुहार पुल १८ महिनाभित्र बनिसक्ने

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर ६, २०८३
in विविध, समाचार
0
भोजपुर–उदयपुर जोड्ने चुहार पुल १८ महिनाभित्र बनिसक्ने
51
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : लामो समयदेखि अलपत्र परेको भोजपुर र उदयपुर जोड्ने दूधकोशी नदीको चुहार मोटरेबल पुल निर्माणको काम अघि बढेको छ ।

पुलको भेरिएसनमा देखिएको समस्या समाधान भएसँगै निर्माण कार्य अघि बढ्ने सुनिश्चित भएको छ । पुरानो डिजाइनमा थप एक मिटर उचाइ बढाएर पुलको भेरिएसन गरिएको छ । भेरिएसन गर्दा लागत ४ करोड ८५ लाख रुपैयाँ वृद्धि भएको छ ।

भेरिएसन स्वीकृत भएसँगै अबको १८ महिनाभित्र अर्थात् २०८४ असार मसान्तसम्म पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता प्रदेश सरकारले जनाएको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई, भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्य, नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता तथा पूर्वअर्थमन्त्री इन्द्रबहादुर आङ्बोलगायतको टोलीले आइतबार निर्माणस्थलको अनुगमन गरेको छ ।

टोलीले स्थानीय बासिन्दा र निर्माण व्यवसायीसँग छलफल गर्दै पुल निर्माण अब नरोकिने विश्वास दिलाएको हो ।

मुख्यमन्त्री कार्की र मन्त्री आचार्यले बजेट अभाव हुन नदिई निर्धारित समयमै आयोजना सम्पन्न गर्न प्रदेश सरकारले आवश्यक व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् ।

निर्माण व्यवसायीलाई पनि तोकिएको समयभित्र काम सक्न निर्देशन दिँदै समयसीमाभित्र काम पूरा नभए ठेक्का सम्झौता तोडेर कानुनी प्रक्रियाबाट आयोजना अघि बढाइने चेतावनी दिएका छन् ।

कोशी प्रदेश पूर्वाधार विकास निर्देशनालयका निर्देशक इन्जिनियर सुशील श्रेष्ठका अनुसार भेरिएसन स्वीकृत भएसँगै निर्माण कार्य अघि बढ्नेछ । उनले अबको १८ महिनाभित्र पुल निर्माण सम्पन्न गर्ने प्रतिवद्धता निर्माण कम्पनीका प्रतिनिधिले पनि व्यक्त गरेको जानकारी दिए ।

उनका अनुसार बाढीको जोखिमलाई ध्यानमा राखेर पुलको पुरानो डिजाइनभन्दा उचाइ एक मिटर बढाइएको हो । उचाइ बढाउँदा प्रयोग हुने फलामको परिमाणसमेत बढेकाले लागत संशोधन गर्नुपरेको हो । पुल निर्माण हुने स्थान भने परिवर्तन गरिएको छैन ।

९० मिटर लामो र साढे १० मिटर चौडा स्टिल ट्रस पुलको सुरुको ठेक्का रकम २१ करोड २३ लाख १२ हजार ४०७ रुपैयाँ २१ पैसा थियो ।

भेरिएसनपछि लागत बढेर २६ करोड ८ लाख ३६ हजार ७२६ रुपैयाँ ७७ पैसा पुगेको छ । जसअनुसार ४ करोड ८५ लाख २४ हजार ३१९ रुपैयाँ ५६ पैसा अर्थात् २२.८६ प्रतिशत लागत वृद्धि भएको छ । स्टिल संरचनाको परिमाण पनि ३६४.७७ मेट्रिक टनबाट बढाएर ४९५.६६ मेट्रिक टन पु¥याइएको छ ।

निर्देशनालयले उपलब्ध गराएको प्राविधिक विवरणअनुसार पुलको भौतिक प्रगति १९.७० प्रतिशत र वित्तीय प्रगति १९.५० प्रतिशत रहेको छ ।

उदयपुरको बेलका नगरपालिका–७ मैनामैनी र भोजपुरको हतुवागढी गाउँपालिका–९ हसनपुरको चुहार जोड्ने यो पुल नबन्दा दक्षिणी भोजपुरका हतुवागढी, रामप्रसाद राई र आमचोक गाउँपालिकाका नागरिकले लामो समयदेखि सास्ती खेप्दै आएका छन् । नदीमा मोटरेबल पुल नहुँदा सामान भरियामार्फत ओसार्नुपर्ने र तराईका बजारसम्म पुग्न लामो दूरी घुम्नुपर्ने बाध्यता छ ।

पुल बनेपछि दक्षिणी भोजपुरका बासिन्दालाई उदयपुर हुँदै धरान, इटहरीलगायत तराईका बजारसम्म पुग्न सहज हुनेछ । कृषि उपजको ढुवानी, व्यापार, उपचार तथा दैनिक आवागमनमा समेत राहत पुग्ने अपेक्षा गरिएको छ ।

२०७७ असोज २६ मा शिलान्यास भएको पुल दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य थियो । तर पाँच वर्ष बित्दासमेत निर्माणले पूर्णता पाउन सकेको थिएन ।

Tags: #भोजपुरपुल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

चिसोले छोटिँदै पर्यटकको खुम्बु बसाइ
पर्यावरण

चिसोले छोटिँदै पर्यटकको खुम्बु बसाइ

by रासस
मंसिर ६, २०८३
0

सोलुखुम्बु : यस वर्षको हिउँदको चिसो बढ्दै गएसँगै हवाई मार्गबाट सगरमाथा क्षेत्र छोड्ने पर्यटकको सङ्ख्या बढेको छ । जिल्ला प्रहरी...

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान
FEATURE BREAKING

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार कैदी पक्राउ

by टाकुरा न्यूज । इटहरी
मंसिर ६, २०८३
0

इटहरी : जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय तोकिएपछि झुम्का कारागारमा कैद भुक्तान गरिरहेका बेला जेनजी आन्दोलनका क्रममा फरार...

ताप्लेजुङस्थित पाथीभरा मन्दिरकाे सजावट

पाथीभरा दर्शनमा बढ्यो चाप, एक महिनामै ५० लाख भेटी

मंसिर ६, २०८३
संघीयतापछिको विराटनगरको एक दशक : विकास र नेतृत्वको दस्तावेज सार्वजनिक

संघीयतापछिको विराटनगरको एक दशक : विकास र नेतृत्वको दस्तावेज सार्वजनिक

मंसिर ६, २०८३
त्रियुगा–१३ बरुवा बसपार्कमा विश्वकर्मा मन्दिर निर्माण हुने

त्रियुगा–१३ बरुवा बसपार्कमा विश्वकर्मा मन्दिर निर्माण हुने

मंसिर ६, २०८३
१५० विद्यार्थीमा मोतियाबिन्दु समस्या

१५० विद्यार्थीमा मोतियाबिन्दु समस्या

मंसिर ६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

चिसोले छोटिँदै पर्यटकको खुम्बु बसाइ

चिसोले छोटिँदै पर्यटकको खुम्बु बसाइ

मंसिर ६, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार कैदी पक्राउ

मंसिर ६, २०८३
ताप्लेजुङस्थित पाथीभरा मन्दिरकाे सजावट

पाथीभरा दर्शनमा बढ्यो चाप, एक महिनामै ५० लाख भेटी

मंसिर ६, २०८३
भोजपुर–उदयपुर जोड्ने चुहार पुल १८ महिनाभित्र बनिसक्ने

भोजपुर–उदयपुर जोड्ने चुहार पुल १८ महिनाभित्र बनिसक्ने

मंसिर ६, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    बैंकिङ कसुरमा इटहरीका अधिकारी पक्राउ

    1113 shares
    Share 445 Tweet 278
  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1093 shares
    Share 437 Tweet 273
  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    848 shares
    Share 339 Tweet 212
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    390 shares
    Share 156 Tweet 98
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    340 shares
    Share 136 Tweet 85

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन