इटहरी : इटहरी उपमहानगरमा आज माघ १८ गतेदेखि २७ गते सम्म अपाङ्गता भएका ब्यक्ति तथा वालवालिकाका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ ।
अपाङ्गता रोकथाम तथा पूर्नःस्थापना कार्यक्रम अन्र्तगत निःशुल्क स्वास्थ्य शिविर हुन लागेको हो । इटहरी उपमहानगर, प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेसनको त्रिपक्षीय साझेदारीमा इटहरी उपमहानगरमा अपांगता रोकथाम तथा पूर्नस्थापना कार्यक्रम संचालित छ ।
माघ १८ गते वडा नम्वर २ को पूराणचौकमा, माघ १९ गते वडा नम्वर ३ को स्वास्थ्य क्लिनिकमा, माघ २० गते वडा नम्वर ५,७ र ८ का लागि इटहरी अस्पतालमा र माघ २१ गते वडा नम्वर ४, ६ र ९ का लागि इटहरी अस्पतालमा निःशुल्क शिविर हुनेछ ।
यसैगरी माघ २२ गते वडा नम्वर १०, ११ र १२ का लागि र माघ २३ गते वडा नम्वर १३ र १४का लागि खनार स्वास्थ्य चौकीमा निशूल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
माघ २५ गते वडा नम्वर १७ र १८ का पकली स्वास्थ्य चौकीमा, माघ २६ गते वडा नम्वर १५ र १६ का लागि एकम्बा स्वास्थ्य चौकीमा र माघ २७ गते वडा नम्वर १, १९ र २० का लागि २० नम्वर वडा कार्यालयमा स्वास्थ्य शिविर हुने छ ।
स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण, मनोपरामर्श, कुपोषण सम्वन्धि परामर्श दिइने सामाजिक विकास शाखाकी अघिकृत माया राईले जानकारी दिईन् ।














Discussion about this post