इटहरी : इटहरीमा एकै टोलका २५ जना बिरामी भएका छन् । बिरामीको कारण भने खुलेको छैन ।
सोमबार इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतम, इटहरी अस्पतालका इन्चार्ज रामकुमार धमला, होम आइसोलेसन टिमका हेल्थ असिष्टेण्टद्धय राजेष विमली र विशाल दाहालसहितको टिम इटहरी ३ सनौलो टोलमा पुगेको थियो ।
उक्त टोलमा रहेका सात घरका २५ जना मासिनहरु बिरामी रहेको उपप्रमुख गौतमले जानकारी दिईन् । उनका अनुसार पुरै बस्ती नै ज्वरो, खोकी, पखाला लगायतका लक्षणसहित बिरामी भएका छन् । लक्षणको प्रकृति हेर्दा कोरोना भाइरस नै रहेको अनुमान गरिएको छ ।
बिरामीमध्ये चारजनाको आज पीसीआर परीक्षण गर्ने तयारी गरिएको गौतमले बताइन् । पीसीआरको रिपोर्टपछि भने आवश्यक सल्लाह, सुझाव तथा औषधी दिईने उनले बताइन् ।
Discussion about this post