Saturday, June 6, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीका मेयरविरूद्व नगर परिसरमै मुर्दावादको नारा, आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको आरोप

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज ७, २०७८
in टाकुरा विशेष, समाचार
0
इटहरीका मेयरविरूद्व नगर परिसरमै मुर्दावादको नारा, आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको आरोप
272
SHARES
Share on FacebookShare on Twitter

इटहरी : विभिन्न समयमा आलोचनामा आउने गरेका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी पुनः विवादमा तानिएका छन् ।

गत भदौ ३० गते बुधबार मेयर चौधरीले उपमहानगर परिसरमै दुई महिलालाई दुव्र्यवहार गरेका थिए । इटहरी ४ का सीता शेर्पा राई र शर्मिला भट्टराईलाई मेयर चौधरीले ‘यस्तो आइमाईलाई कसले भित्र पस्न दियो ? बाहिर–बाहिर’ भन्दै कार्यकक्षमै दुव्र्यवहार गरेका थिए । सोही विषयलाई लिएर महिला अधिकारकर्मीरूले मेयर चौधरीविरूद्व मुर्दावादको नारा लगाएका छन् ।

‘मेयर द्वारिकलाल चौधरी मुर्दावाद,’ ‘महिला हिंशा अन्त्य गर्,’ ‘हाम्रो माग पूरा गर्,’ ‘प्रहरी दमन बन्द गर्,’ ‘शान्ति सुरक्षा कायम गर्’ जस्ता नारा लगाउँदै बिहीबार (आज) उपमहानगर गेट अगाडि महिलाहरूले आन्दोलन गरेका थिए ।

‘अन्य ठाउँका जनप्रतिनिधिहरू महिला हिंसा अन्त्य गरौँ भनेर महिलाका मुद्वा छातीमा बोकेर हिड्नुहुन्छ, तर यहाँका मेयर लात प्रहार गर्नुहुन्छ ।’

महिला अधिकारकर्मी सावित्री सुवेदी (जयनारी) ले मेयर चौधरीले महिलाहरूलाई पटकपटक गरेको व्यवहार खेदजनक रहेको टिप्पणी गरिन् । आन्दोलनरत महिलाहरूको पक्षमा सम्बोधन गर्दै उपमहानगर परिसर अगाडि उनले मेयरले सार्वजनिक माफी माग्नुपर्ने बताइन् ।

‘महिलाहरू घर चुल्होमा मात्रै सीमित छन् भन्ने किसिमले मेयरले गरेको व्यवहार मान्य हुँदैन,’ उनले भनिन्, ‘इटहरीका मेयर नमूना मेयर हुन्, अन्य ठाउँका जनप्रतिनिधिहरू महिला हिंसा अन्त्य गरौँ भनेर महिलाका मुद्वा छातीमा बोकेर हिड्नुहुन्छ, तर यहाँका मेयर लात प्रहार गर्नुहुन्छ ।’

महिला सञ्जाल इटहरीकी उपाध्यक्ष शुभद्रा प्याकुरेलले मेयर चौधरीसँग विषयगत हिसाबमै कुरा गर्न आफूहरु तयार भएको भएपनि चौधरीले फोन ‘स्वीच अफ’ गरेको र होच्याएर बोलिएको शब्द फिर्ता लिनुपर्ने बताइन् ।

‘उहाँले बोल्नुभएको शब्दले हाम्रो भावनामा चोट पुगेको छ, विषयगत रुपमा जान्छौँ भन्ने सोचेका थियौँ, तर मेयर साबको फोन पनि स्वीच अफ छ,’ बिहीबार उपमहानगर परिसरमा आन्दोलनरत महिलाहरूको पक्षमा बोल्दै उनले भनिन्, ‘भोलिका दिनमा भयावह अवस्था आउन नदिनका लागि पनि उहाँले सार्वजनिक माफी माग्नुपर्छ र जनप्रतिनिधिले पाठ सिक्न आवश्यक छ ।’

वृद्ववृद्वाले समेत घरपरिवारको समस्यालाई थाँती राखेर आन्दोलन गर्नुपर्ने बाध्यता आइपर्नुले पनि मेयर चौधरीको अस्वभाविक हर्कत रहेको उनको तर्क छ ।

‘मेयरले के गर्न हुन्छ हुँदैन भनेर पदको ख्याल छैन भने राजीनामा दिदाँ पनि फरक पर्दैन,’ उनले भनिन् ।

महिला अधिकारकर्मी योशा गुरागाईँले आफूहरू दुईदिनयता आन्दोलनमा रहेको भएपनि प्रहरीले हस्तक्षेप गरेको बताइन् । उनले टाकुरासँग फोन सम्पर्कमा भनिन्, ‘संयुक्त रूपमा हामी आन्दोलनमा छौँ, बुधबार मेयरको कार्यकक्षमा पनि तालाबन्दी गरेका थियौँ, तर बिहीबार प्रहरीहरूले तालाबन्दी फोडेको भन्ने खबर आएको छ ।’

आफूहरूको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको उनको भनाइ छ । पटकपटक महिलामाथि मेयर चौधरीले गरेको अस्वभाविक हर्कतको जति विरोध गरेपनि नहुने उनको तर्क छ । ‘मेयरले के गर्न हुन्छ हुँदैन भनेर पदको ख्याल छैन भने राजीनामा दिदाँ पनि फरक पर्दैन,’ उनले भनिन् ।

अघिल्लो बुधबार सीता शेर्पा र शर्मिला भट्टराई नगरले दिने गरिबी अनुदान लिन मेयरको कार्यकक्षमा पुग्दा उनीमाथि दुव्र्यवहार भएको थियो । मेयरबाट पीडित शेर्पाले भनिन्, ‘मेयरको दुव्र्यवहारले एकातिर पीडा छ, अर्कोतिर सडकमा रातदिन हड्डी घोटेर गरिखाने दिदीबहिनीलाई सम्झदाँ पोल्छ ।’ गरिखाने श्रमिक महिलामाथि मेयरको व्यवहार अस्वभाविक भएकाले कारबाही गरिनुपर्ने उनको माग छ ।

मेयर चौधरीका स्वकीय सचिव सूर्य चौधरीले समेत धम्की दिएको उनको भनाइ छ । अहिले विभिन्न १३ सङ्गठन महिला अधिकारकर्मीहरूले मेयरलाई कारबाही हुनुपर्ने मागसहित आन्दोलन गर्दै आएका छन् ।

यो पनि – इटहरीका मेयर द्वारिकलाल चौधरीविरूद्व उपमहानगर परिसरमा आन्दोलन

यो पनि – इटहरीका मेयर द्धारिकलाल चौधरीले महिलालाई यसरी गरे दुव्र्यवहार, स्वकीय सचिवको धम्की

Tags: #इटहरी#इटहरी उपमहानगरपालिकाआन्दोलनटाकुरा विशेषद्धारिकलाल चौधरीद्वारिकलाल चौधरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मध्यपहाडी लोकमार्गमा बाढीको क्षति, आवागमन प्रभावित
विविध

मध्यपहाडी लोकमार्गमा बाढीको क्षति, आवागमन प्रभावित

by रासस
जेष्ठ २३, २०८३
0

खोटाङ : मध्यपहाडी लोकमार्ग सडकखण्डको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित पङ्खुखोला तथा आसपासको सडक बाढीले बगाएपछि अवरुद्ध भएको छ ।...

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक
समाचार

लागूऔषध कारोबारविरुद्ध प्रहरी सक्रिय, दुई जिल्लाबाट सात जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २३, २०८३
0

इटहरी : झापा र उदयपुर जिल्लाका विभिन्न स्थानबाट लागूऔषधसहित सात जना पक्राउ परेका छन्। झापाको अस्थायी प्रहरी चौकी गरामनीबाट खटिएको...

पहिरोले सङ्खुवासभाको पाँचखपन–चैनपुर सडक अवरुद्ध, आवागमन ठप्प

पहिरोले सङ्खुवासभाको पाँचखपन–चैनपुर सडक अवरुद्ध, आवागमन ठप्प

जेष्ठ २३, २०८३
जनशक्ति अभावबीच ग्रामीण शिक्षाको भरोसा बनेको सगरमाथा मावि

जनशक्ति अभावबीच ग्रामीण शिक्षाको भरोसा बनेको सगरमाथा मावि

जेष्ठ २३, २०८३
बाढीले पटकपटक डाइभर्सन बगाउँदा पाँचथरका यात्रु सास्तीमा

बाढीले पटकपटक डाइभर्सन बगाउँदा पाँचथरका यात्रु सास्तीमा

जेष्ठ २३, २०८३
मोरङको सुन्दरहरैँचामा कारको ठक्करबाट एक पुरुषको मृत्यु

सुनसरीमा तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मध्यपहाडी लोकमार्गमा बाढीको क्षति, आवागमन प्रभावित

मध्यपहाडी लोकमार्गमा बाढीको क्षति, आवागमन प्रभावित

जेष्ठ २३, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

लागूऔषध कारोबारविरुद्ध प्रहरी सक्रिय, दुई जिल्लाबाट सात जना पक्राउ

जेष्ठ २३, २०८३
पहिरोले सङ्खुवासभाको पाँचखपन–चैनपुर सडक अवरुद्ध, आवागमन ठप्प

पहिरोले सङ्खुवासभाको पाँचखपन–चैनपुर सडक अवरुद्ध, आवागमन ठप्प

जेष्ठ २३, २०८३
जनशक्ति अभावबीच ग्रामीण शिक्षाको भरोसा बनेको सगरमाथा मावि

जनशक्ति अभावबीच ग्रामीण शिक्षाको भरोसा बनेको सगरमाथा मावि

जेष्ठ २३, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1503 shares
    Share 601 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    903 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    612 shares
    Share 245 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    516 shares
    Share 206 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.