Tuesday, September 22, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

संखुवासभामा कहालीलाग्दो दुर्घटना, १५ जनाको मृत्यु, शोकमा डुब्यो मादी गाउँ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २६, २०७८
in टाकुरा विशेष, समाचार
0
संखुवासभामा कहालीलाग्दो दुर्घटना, १५ जनाको मृत्यु, शोकमा डुब्यो मादी गाउँ

दुर्घटनामा क्षतविक्षत बस ।

363
SHARES
Share on FacebookShare on Twitter

संखुवासभा : संखुवासभाको मादी नगरपालिका ६ स्थित सातघुम्तीमा कहालीलाग्दो दुर्घटना भएको छ ।

बिहीबार बिहान करीब ७ः४५ बजे जिल्लाको मादीबाट झापाको दमकतर्फ आउँदै गरेको बा ४ ख ७३५ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ ।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका एसपी वासुदेव खतिवडाका अनुसार १४ जनाको घटनास्थलमै मृत्यु भएको हो भने एकजनाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा बस धनी तथा चालक तेह्रथुम औशीडाँडा बस्ने ३० वर्षीय विपिन निरौला छन् । उनीसहित सहचालक मादी नगरपालिका ४ का ३५ वर्षीय उमेश भट्टराईको पनि घटनास्थलमै मृत्यु भएको एसपी खतिवडाले बताए ।

उनका अनुसार संखुवासभा मादी ६ बस्ने तत्काल उमेर नखुलेकी अञ्जना कटवाल, ३८ वर्षीय ईन्द्रबहादुर अधिकारी, ५ वर्षीया दीक्षा कटुुवाल, सीता बिक छन् । यस्तै, मादी ५ बस्ने ४५ वर्षीय दीपक दाहाल, ५२ वर्षीय श्याम शेर्पा, ५५ वर्षीय भवानी दाहाल रहेका छन् ।

यस्तै, मादी ४ बस्ने ३८ वर्षीय आईतबहादुर तामाङ, ६० वर्षीय बलबहादुर कार्की, ३५ वर्षीय सबिता राउत कार्कीको घटनास्थलमै मृत्यु भएको एसपी खतिवडाले बताए ।

यस्तै, ताप्लेजुङकी ३१ वर्षीया समीक्षा योञ्जन, उनका ८ वर्षीय छोरा सुदीप घिसिङको समेत घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मादी ५ बस्ने ३० वर्षीया युका पोखरेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीसहित अन्य चारजनालाई नेपाली सेनाको टोलीले हेलिकोप्टरमार्फत उद्वार गरी वीपी प्रतिष्ठानमा ल्याइएपनि पोखरेलको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्य घाइतेहरूमा संखुवासभा मादी ५ बस्ने ३० वर्षीय सुभाष गोले, मादी ६ बस्ने २२ वर्षीया तुलसा कटुवाल, मादी ६ बस्ने उमेर नखुलेकी अम्बिका बिक, सोही ठाउँ बस्ने ५० वर्षीय डम्बरबहादुर कार्कीको वीपी प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी खतिवडाले बताए । ‘घुम्ती बाटो र तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धान गरेका छौँ,’ एसपी खतिवडाले टाकुरासँग भने, ‘गाडीको कन्डिसन पनि त्यस्तै भएको र मेकानिकल प्रबलम भएको भन्नेबारे अनुसन्धानकै क्रममा छौँ ।’

उनका अनुसार बसमा यकिन कतिजना थिए भन्नेबारे अहिलेसम्म यकिन हुन सकेको छैन । उनले भने, ‘अहिलेसम्म हेर्दा १९ जना सवार जस्तो देखियो, तर ठ्याक्कै कतिजना थिए भन्नेबारे भेरिफाई हुन सकेको छैन, खोजतलास पनि भइरहेको छ ।’

उनका अनुसार बसमा सवार अन्य रहेको अनुमान गरिएपनि खोजतलास गरिएको छ भने घटनाबारे सुक्ष्म अनुसन्धान सुरु गरिएको छ । तत्कालको परिस्थितिमा तीव्र गति र घुम्ती बाटोकै कारण दुर्घटना भएको अनुमान गरिएपनि आफूहरू अनुसन्धानकै क्रममा रहेको उनले जानकारी दिए ।

यता, प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाका अनुसार मृतकहरूको शव चैनपुर अस्पतालमा राखिएको छ । मादीमा भएको बस दुर्घटना अत्यन्त हृदयविदारक रहेको उनले बताए ।

उनका अुनसार बस सडकबाट करीब तीन सय मिटर तल खसेको थियो । दुर्घटनामा मादी गाउँ शोकमा डुबेको उनले बताए ।

यो पनि – अपडेट : तीव्र गतिका कारण भीरबाट बस खस्दा १४ को मृत्यु, पाँचको अवस्था गम्भीर (नामावलीसहित)

यो पनि – संखुवासभा बस दुर्घटना अपडेट : भीरबाट तीन सय मिटर तल खस्दा मृतकको संख्या १३ पुग्यो

यो पनि – Breaking : संखुवासभाबाट इटहरी आउँदै गरेको बस भीरबाट खस्यो

 

Tags: #संखुवासभाटाकुरा विशेषदुर्घटनामृत्युसङ्खुवासभा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशीको कटानले बगाउँदैछ बस्ती र जमिन
FEATURE BREAKING

कोशीको कटानले बगाउँदैछ बस्ती र जमिन

by रासस
अशोज ५, २०८३
0

सुनसरी : सप्तकोशी नदीको बाढी र कटानका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित श्रीलङ्का टप्पुका बासिन्दा वर्षौंदेखि त्रासमा बस्दै आएका छन्।...

मनास्लुमा हिमपहिरो : भारतीय मूलका जर्मन आरोही र नेपाली गाइडको मृत्यु
FEATURE BREAKING

मनास्लुमा हिमपहिरो : भारतीय मूलका जर्मन आरोही र नेपाली गाइडको मृत्यु

by टाकुरा न्यूज । इटहरी
अशोज ५, २०८३
0

इटहरी : विश्वको आठौँ अग्लो हिमाल मनास्लुमा हिमपहिरोमा परी भारतीय मूलका जर्मन पर्वतारोही ध्रुव ज्योति गुहा र नेपाली शेर्पा गाइड फुरसेम्बा...

करेन्ट लागेर एकजना विद्युत् कर्मचारीको मृत्यु, तीनजना घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा एक वृद्धको मृत्यु

अशोज ५, २०८३
माटोमा सीप मिसाउँदा गाउँमै खुल्यो आम्दानीको बाटो

माटोमा सीप मिसाउँदा गाउँमै खुल्यो आम्दानीको बाटो

अशोज ५, २०८३
धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

विद्यालयमा राजनीतिक कार्यक्रम रोक्न प्रशासनको निर्देशन

अशोज ५, २०८३
इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

हावाहुरीले रुखको हाँगा भाँचिँदा सुनसरीमा एक महिलाको मृत्यु

अशोज ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

पहिलोपटक विश्वकर्मा मन्दिरको आम्दानी सार्वजनिक

पहिलोपटक विश्वकर्मा मन्दिरको आम्दानी सार्वजनिक

अशोज ५, २०८३
कोशीको कटानले बगाउँदैछ बस्ती र जमिन

कोशीको कटानले बगाउँदैछ बस्ती र जमिन

अशोज ५, २०८३
मनास्लुमा हिमपहिरो : भारतीय मूलका जर्मन आरोही र नेपाली गाइडको मृत्यु

मनास्लुमा हिमपहिरो : भारतीय मूलका जर्मन आरोही र नेपाली गाइडको मृत्यु

अशोज ५, २०८३
करेन्ट लागेर एकजना विद्युत् कर्मचारीको मृत्यु, तीनजना घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा एक वृद्धको मृत्यु

अशोज ५, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    522 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    308 shares
    Share 123 Tweet 77

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.