Wednesday, June 10, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ १९, २०७७
in समाचार
0
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

सांकेतिक तस्वीर ।

180
SHARES
Share on FacebookShare on Twitter

लागूऔषध प्रयोगकर्ताहरूले ‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बनाउने गरेको सुनिँदै आए पनि औषधि पसलका सञ्चालक पक्राउ पर्नुले यसबारे पुष्टि हुन थालेको छ ।

पुस १३ गते धरान–१५ सदन रोडबाट मुसरत मेडिकल हलका सञ्चालक सौजात आलम प्रतिबन्धित औषधि बिक्री गरेको आरोपमा पक्राउ परेका थिए । असार २५ गते प्रतिबन्धित औषधिको अनुचित प्रयोग र बिक्री गरेको आरोपमा धरान–७ स्थित सुमन मेडिकलका सञ्चालक विनयकुमार गुरुङसहित प्रयोगकर्ता पनि पक्राउ परेका थिए ।

उनीहरूलाई विशेष सूचनाको आधारमा प्रदेश १ प्रहरी कार्यालय विराटनगरको टोलीले पक्राउ गरेको थियो । यसबाटै पछिल्लो समय लागूऔषध प्रयोगकर्ताले ‘फर्मुला’ प्रयोग गर्ने गरेको पुष्टि हुन थालेको हो । विभिन्न रोगसँग सम्बन्धित औषधि तथा मनोद्दिपक औषधिको मात्रा मिलाएर लागूऔषध बनाउने गरेको पूर्वलागूऔषध प्रयोगकर्ताको भनाइ छ ।

‘सहजै पाउने र सस्तो पनि पर्ने भएकाले फर्मुला उपयुक्त विकल्प बनिरहेको छ’ उनले भने, ‘यसको नियन्त्रण आवश्यक छ, नत्र भोलिका दिनमा थप जोखिम बढ्ने सम्भावना हुन्छ ।’

पूर्वलागूऔषध प्रयोगकर्ताका अनुसार नाइट्रोजन, न्याइट्रोब्याट, कोनाज, नर्फिन, डाइजियम, स्पास्मो, डिकोलिक, ओपिडोल, कफट्याब्डी, एविल, पेगास्टार, फेनारगन, एन्टिकफ, ट्रामाडोल तापेन आदि औषधिलाई फर्मुलाबाट लागूऔषध बनाउने गरेका छन् । उनीहरूका अनुसार ३ वटासम्म औषधि मिलाएपछि लागूऔषधको रूपमा काम गर्छ । पूर्व लागूऔषध प्रयोगकर्ताहरूका अनुसार कडा खालका लागूऔषधको किनबेच पनि उस्तै गरी मौलाएको छ ।

उनीहरूका अनुसार मेडिकलमा संलग्न व्यक्तिहरूले नै यसबारे सूचना चुहाउने गरेका कारण फर्मुलाको प्रयोग बढेको छ । एक पूर्वलागूऔषध प्रयोगकर्ताले भने, ‘फोनमार्फत् भनेपछि मेडिकलवालाले मिलाइदिन्थे ।’ उनले थपे, ‘हामी गएपछि भनिराख्नु पर्दैन, पैसा दियो, लिएर हिँड्यो, दैनिक ७ सयभन्दा बढी फर्मुलाका औषधि खाइन्थ्यो ।’

लागूऔषध प्रयोगकर्ताहरूलाई सुधार गर्नका लागि सुधार केन्द्र सञ्चालन गरेका सम्पूर्ण ताम्राकार भन्छन्, ‘लामो समयसम्म लागूऔषध प्रयोग गरेर सुधार केन्द्रमा आउनेहरूले सुधार भएपछि कहाँ कुन स्थानबाट ल्याउने गरेका थिए भन्ने जानकारी दिन्छन् । उनीहरूले भनेपछि धरानका केही मेडिकलहरूलाई सम्झायौं । दुई–चारवटाले कारोबार बन्द गरे ।

तर, अझै पनि केही मेडिकलले भने लागूऔषध तथा फर्मुला बेच्न छोडेका छैनन् ।’ उनले थपे, ‘प्रहरी लागूऔषध प्रयोगकर्तालाई निरुत्साहित गर्न लागेको छ, जानकारहरूसँग भने समन्वय गर्दैनन् ।’ उनले प्रहरीले सुधारकेन्द्रहरूसँग समन्वय गरे प्रयोगकर्ताहरूबाट धेरै कुरा जानकारी हुने र प्रहरीलाई लागूऔषध नियन्त्रण गर्नमा सहयोग पुग्ने बताए ।

प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको चालु आर्थिक वर्षको ६ महिनाको तथ्याङ्कले सबैभन्दा बढी लागूऔषध प्रयोगकर्ता मोरङ, झापा, सुनसरी र उदयपुरमा रहेको देखाउँछ । ६ महिनामा मोरङ जिल्लाबाट १ सय ३१ जना पुरुष र १० जना महिला पक्राउ परेका छन् ।

झापा जिल्लाबाट १ सय १४ जना पुरुष र ६ जना महिला पक्राउ परेका छन् । सुनसरीबाट १ सय २ जना पुरुष र १ महिला पक्राउ परेका छन् । उदयपुरबाट ५२ जना पुरुष र २ जना महिला पक्राउ परेका छन् । त्यसपछि क्रमशः इलामबाट १५ पुरुष, पाँचथर ३ पुरुष, ताप्लेजुङ २ पुरुष, धनकुटा २ पुरुष र खोटाङबाट २ पुरुष पक्राउ परेका छन् । अन्य ६ जिल्लामा भने ६ महिनासम्म लागूऔषध प्रयोगकर्ता फेला परेका छैनन् ।

खिलानाथ विकले लेखेको यो समाचार ब्लाष्टखबरबाट साभार गरिएको हो ।

Tags: #लागूऔषध
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मिक्लाजुङमा कविताको वर्षा
FEATURE BREAKING

मिक्लाजुङमा कविताको वर्षा

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २७, २०८३
0

मेरो माया मफलर भए बाँधिहिड्थेँ गलामा ! कैलेकाहीँ त मन नहुँदा टाँगिहिड्थेँ किलामा !  करिब ६५ वर्षअघि, अयामेली कवि बैरागी...

विराटनगर विमानस्थल : नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत
FEATURE BREAKING

विराटनगर विमानस्थलमा ‘उडान अघि ठगी’ रोक्न प्रशासनको एक्सन, यी चार व्यवसायीलाई तिराइयो १२ लाख जरिवाना

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २६, २०८३
0

विराटनगर : विराटनगर विमानस्थल परिसरभित्र यात्रुहरूबाट अत्यधिक मूल्य असुल्ने प्रवृत्ति बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मोरङले छड्के अनुगमनमार्फत कडा कारबाही गरेको...

इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु, तीन जना घाइते

जेष्ठ २६, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

सुनसरी, मोरङ र झापाबाट लागूऔषधसहित तीन जना पक्राउ

जेष्ठ २६, २०८३
तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको तयारी 

तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको तयारी 

जेष्ठ २६, २०८३
भोजपुरमा ‘रुद्राक्ष पकेट क्षेत्र’का रूपमा विकास गर्ने योजना

भोजपुरमा ‘रुद्राक्ष पकेट क्षेत्र’का रूपमा विकास गर्ने योजना

जेष्ठ २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मिक्लाजुङमा कविताको वर्षा

मिक्लाजुङमा कविताको वर्षा

जेष्ठ २७, २०८३
विराटनगर विमानस्थल : नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत

विराटनगर विमानस्थलमा ‘उडान अघि ठगी’ रोक्न प्रशासनको एक्सन, यी चार व्यवसायीलाई तिराइयो १२ लाख जरिवाना

जेष्ठ २६, २०८३
इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु, तीन जना घाइते

जेष्ठ २६, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

सुनसरी, मोरङ र झापाबाट लागूऔषधसहित तीन जना पक्राउ

जेष्ठ २६, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1504 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.