खोटाङ दिप्रुङ चुईचुम्मा ३ रोबलुङ छितापोखरी बस्ने ७५ बर्षीया चन्द्र कुमारी मगरको बसको चक्काले किचेर मृत्यु भएको छ ।
आज विहान सवा ८ बजे छितापोखरी रसुवाघाट सहायक सडक खण्डमा ना ५ ख ९०२२ नम्बरको बसमा चढ्ने क्रममा चन्द्र कुमारी चिप्लिएर लड्दा सोही बसको पछाडिको चक्काले किच्दा उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
बस र बस चालक सुनसरी बराहाक्षेत्र ४ का ३५ बर्षीय दल बहादुर पौडेल नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।














Discussion about this post