भनिन्छ, आँफूले श्रृजना गरेको कुरा बेच्न सकिदैन । न त कसैले किन्न नै सक्छ । कला र श्रृजना बहुमूल्य हुन्छ । यो चोरी हुने कुरा त कल्पना नै नगरौँ । तर, इटहरीमा यसको विपरीत भएको छ ।
इटहरी मेट्रिक्समा रहेको मूर्ति चोरी भएको छ । लाख भन्दा बढी मूल्य पर्ने मूर्तिहरु सोमबार राती चोरी भएको हो ।
१८ थान चित्र, मूर्ति १० थान, सालिक ६ थान, विद्युतीय उपकरण, कुर्सी ४० थान चोरी भएको मेट्रिक्सका सञ्चालक तथा कलाकार बिक्रम श्री ले जानकारी दिए ।
आँफूले गरेको श्रृजना नै चोरी हुनु लज्जास्पद रहेको उनले बताए । बर्षौदेखि मेहनत गरेर श्रृजना गरिएको मूर्ति चोरी भएकाले दुःखी रहेको उनले बताए ।
यस सम्बन्धमा इलाका प्रहरी कार्यालय इटहरीमा जाहेरी भइसकेको र खोज कार्यसँगै अनुसन्धान अगाडि बढाइएको इटहरी प्रहरीले जनाएको छ ।












Discussion about this post