धरान । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले खेलकुदको माध्यमबाट संसारमा चिनिन चाहने बताएका छन् ।
शनिबार धरानमा सम्पन्न २२ औँ अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको समापन समारोहमा सम्बोधन गर्दै राईले भने, ‘अहिले देश खेलकुदमय भएको छ, हामी खेलकुदको माध्यमबाट संसारमा चिनिन चाहन्छौँ ।’ उनले धरान खेलकुदको हवको रुपमा विकसित भईरहेको र प्रदेश सरकारले यहाँ खेलकुदको राजधानीका रुपमा घोषणा गर्ने तयारी गरेको बताए । उनले भने, ‘हामीले यो आर्थिक बर्षमा मात्र ४२ करोड रुपैँया बजेट खेलकुदका लागि विनियोजन गरेका छौँ, धरानलाई खेलकुदको राजधानी बनाउँनका लागि यहाँ ५ करोड रुपैँया बजेट बिनियोजन गरी खेलकुद ग्राम समेत बनाउँने तयारीमा रहेका छौँ ।’ उनले खेलकुदको माध्यमबाट देशलाई अन्तराष्ट्रिय रुपमा उजागर गर्नका निम्ति आँफूहरु तयार रहेको उनको भनाई रहेको थियो ।
‘हिजोको दिनमा विकास र समृद्धि भनेको आकाशको फल जस्तै रहेको थियो,’ उनले भने, ‘अहिले तीनै तहका सरकार तपाईँहरुको अगाडि मैदानमै रहेको छ, अहिले हामीले सपना देख्नका लागि भौतारिनु पर्दैन ।’ मुख्यमन्त्री राईले अहिले युग खेलकुदको युग रहेको उदृत गर्दै भने, ‘अहिलेको युग भनेको हाम्रो युग हो, अहिलेको युग खुशीको युग हो, अर्थात् अहिलेको युग खेलकुदको युग हो ।’ उनले विकास र समृद्धि आफैँबाट हुने बताउँदै समृद्धिका निम्ति सबैले हातेमालो गर्नुपर्ने समेत बताए । अहिलेको परिवेशमा खेलकुद महत्वपूर्ण रहेको बताउँदै भावी पुस्तालाई खेलमा प्रेरित गर्नका लागि उनले आह्वान गरे ।
सुनसरी–मोरङसहित चार जिल्लामा लागूऔषधसहित ८ जना पक्राउ
इटहरी । कोशी प्रदेशका विभिन्न जिल्लामा प्रहरीले लागूऔषध कारोबार तथा ओसारपसारमा संलग्न आठ जनालाई पक्राउ गरेको छ। प्रहरीले असोज ५...















Discussion about this post