धरान : कोरोनाको आशंकामा टेकु अस्पताल काठमाण्डौंबाट भागेर आएका एक व्यक्ति डिस्चार्ज भएका छन् । उनको थ्रोट स्वाबको नमूना परीक्षण गरिएको थियो । रिर्पोटमा नेगेटिभ देखिएपछि उनी आईतबार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डिस्चार्ज भएका हुन् ।
धरान १० घर भएका ती व्यक्ति कोरियाबाट आएपछि आफैँ उपचार गराउन टेकु अस्पताल पुगेका थिए । उपचारको क्रममा उनी भागेर विराटनगर आएपछि उनको चर्चा भएको थियो । उनी धरानमै रहेको बेला पनि वीपी प्रतिष्ठानको आइसोलेसनमा रहेको बेला यहाँबाट पनि भाग्ने प्रयास गरेको चिकित्सकहरुले बताएका छन् ।
करीब २ सातासम्म आइसोलेसन वार्डमा बसेका उनलाई कोरोनाको लक्षण नदेखिएपछि उनी डिस्चार्ज भएका हुन् ।
Discussion about this post