इटहरी : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरान र उदयपुरका कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट धरानका एक वृद्धको आज मृत्यु भएको हो ।
आज दिउँसो करीब १ बजे धरान १२ का ७१ वर्षीय वृद्धको मृत्यु भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । मेहताका अनुसार मृतकलाई वैशाख २० गते पीसीआर जाँच गर्दा रिपोर्ट पोजेटिभ आएपछि कोभिड अस्पताल भर्ना गरिएको थियो ।
पछिल्लो पटक रगतमा सुगरको मात्रा कमी भएपछि उपचारको लागि प्रतिष्ठान लगिएको थियो । सोही क्रममा पिसिआर जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।
यस्तै, उदयपुर घर भएका एकजना वृद्ध पुरुषको प्रतिष्ठानमा मृत्यु भएको छ ।
कोरोना पुष्टि भएपछि वैशाख १७ गते उपचारका लागि भर्ना गरिएका ७० वर्षीय वृद्धको बुधबार आज विहान मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार उपचारकै क्रममा सङ्क्रमित वृद्धाको मृत्यु भएको हो ।
दुवै शवको व्यवस्थापन नियमअनुसार हुने प्रतिष्ठानले जनाएको छ ।














Discussion about this post