Tuesday, September 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कोशी : मुख्यमन्त्री कार्यालयका जिन्सीमाथि शंका, ३० ल्यापटप र १४ मोबाइलको यथार्थ खोज्न माग

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ६, २०८३
in समाचार
0
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान
82
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : कोशी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारी सम्पत्तिको संरक्षण, कर्मचारीहरूको सेवा–सुविधा तथा आर्थिक अनुशासनसँग सम्बन्धित विषयमा गम्भीर प्रकृतिको उजुरी दर्ता भएको छ।

मुख्यमन्त्री कार्यालयको ‘हेलो सीएम’ गुनासो व्यवस्थापन प्रणालीमार्फत दर्ता गरिएको उजुरीमा सरकारी जिन्सी सामग्रीको अवस्थादेखि सार्वजनिक स्रोतको प्रयोगसम्मका विषयमा निष्पक्ष छानबिन गर्न माग गरिएको हो।

असार २ गते गरिएको उजुरी असार ३ गते दर्ता भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ। कार्यालयका अनुसार उजुरीलाई ‘अति जरूरी’ श्रेणीमा राखेर हेलो सीएम कक्षमार्फत आवश्यक प्रक्रिया अघि बढाइएको छ।

उजुरीमा २०८२ साल भदौ २४ गते जेनजी आन्दोलनका क्रममा नष्ट भएको भनिएका सरकारी सामग्रीको वास्तविक अवस्थाबारे प्रश्न उठाइएको छ। आन्दोलनका बेला आगजनी तथा तोडफोडका कारण ३० थान ल्यापटप र १४ थान मोबाइल फोन नष्ट भएको विवरण सार्वजनिक गरिएको भए पनि ती सामग्री वास्तवमै नष्ट भएका हुन् वा होइनन् भन्ने विषयमा स्वतन्त्र छानबिन गर्न माग गरिएको छ।

उजुरीकर्ताले आवश्यक परे भौतिक परीक्षण गरी सरकारी जिन्सी अभिलेख, मौज्दात विवरण तथा जिम्मेवार कर्मचारीको भूमिका अनुसन्धान गर्नुपर्ने माग गरेका छन्। सार्वजनिक सम्पत्तिको संरक्षणमा लापरबाही भएको पाइए कानुनी कारबाही गर्नसमेत आग्रह गरिएको छ।

उजुरीमा सरकारी सम्पत्तिको विषय मात्र नभई प्रदेश सरकारअन्तर्गत कार्यरत कर्मचारीको सेवा–सुविधा, जिन्सी व्यवस्थापन, खरिद प्रक्रिया, भ्रमण भत्ता, काज तथा सार्वजनिक खर्चको पारदर्शितासम्बन्धी विषय पनि समेटिएका छन्।

कर्मचारीहरूले संघीय सरकारले उपलब्ध गराउने नियमित सुविधा बाहेक प्रदेश सरकारबाट समेत विभिन्न अतिरिक्त सुविधा पाउँदै आएको दाबी गर्दै ती सुविधाको औचित्य र प्रभावकारिताबारे समीक्षा गर्नुपर्ने माग उजुरीमा गरिएको छ।

त्यस्तै, सरकारी खरिद प्रक्रिया, जिन्सी व्यवस्थापन, बोलपत्र, ठेक्का, बेरुजु फर्स्यौट, भ्रमण भत्ता तथा विभिन्न कार्यक्रम सञ्चालनका क्रममा हुने खर्चको पारदर्शिता सुनिश्चित गर्न पनि आग्रह गरिएको छ। आवश्यकता नपरेका सामग्री खरिद गर्ने, पुराना सामग्री व्यवस्थापनमा लापरबाही गर्ने तथा विकास आयोजनामा छुट्याइने कन्टिन्जेन्सी रकमको प्रयोगमाथि समेत निगरानी बढाउनुपर्ने उजुरीकर्ताको भनाइ छ।

उजुरीमा निर्माण आयोजनाको लागत अनुमान, भेरिएसन तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने क्रममा हुने अतिरिक्त खर्चको विषयमा पनि छानबिनको माग गरिएको छ। सार्वजनिक स्रोतको सदुपयोग सुनिश्चित गर्न आन्तरिक नियन्त्रण प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने सुझावसमेत दिइएको छ।

मुख्यमन्त्री कार्यालयले भने उजुरी प्राप्त भएको पुष्टि गर्दै त्यसमा उल्लेख गरिएका विषय सम्बन्धित निकायमार्फत आवश्यक अध्ययन र प्रक्रियाअनुसार अघि बढाइने जनाएको छ।

Tags: कोसी प्रदेश
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव
FEATURE BREAKING

जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव

by टाकुरा न्यूज । इटहरी
भदौ १५, २०८३
0

इटहरी : इटहरीस्थित जनता बहुमुखी क्याम्पसको कायममुकायम क्याम्पस प्रमुखमा सञ्जीव यादव नियुक्त भएका छन् । क्याम्पस सञ्चालक समितिको बैठकले सहप्राध्यापक...

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती
FEATURE BREAKING

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

by टाकुरा न्यूज । इटहरी
भदौ १५, २०८३
0

ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका वडा नं ६ र ७ को सिमानामा पर्ने भँडारे खोलामा झरेको पहिरो । बर्खायाममा निरन्तर पहिरो खसेर...

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

आइसक्रिमको बट्टाभित्र लुकाएर ब्राउनसुगर ओसारपसार

भदौ १५, २०८३
बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

भदौ १५, २०८३
मिक्लाजुङमा झाडीभित्र लुकाइएका तीन थान भरुवा बन्दुक बरामद

मिक्लाजुङमा झाडीभित्र लुकाइएका तीन थान भरुवा बन्दुक बरामद

भदौ १५, २०८३
चीनसम्म पुग्छ भोजपुरको रुद्राक्ष, किसानको आम्दानीको बलियो आधार बन्दै

चीनसम्म पुग्छ भोजपुरको रुद्राक्ष, किसानको आम्दानीको बलियो आधार बन्दै

भदौ १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव

जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव

भदौ १५, २०८३
पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

भदौ १५, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

आइसक्रिमको बट्टाभित्र लुकाएर ब्राउनसुगर ओसारपसार

भदौ १५, २०८३
बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

भदौ १५, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    447 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    307 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    281 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.