Sunday, April 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरी प्रवेश गर्नेलाई सीमाबाटै फर्काइयो

सुनसरीमा कडा बनाइदैँ लकडाउन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख २२, २०७८
in टाकुरा विशेष, समाचार
0
इटहरी आउनेलाई बुढीखोला पुलमा कडाई, प्रवेशमा पूर्ण रोक (तस्वीरहरुसहित)
876
SHARES
Share on FacebookShare on Twitter

इटहरी : जिल्ला प्रशासन कार्यालय सुनसरीले बुधबारदेखि लागू हुनेगरी ३१ गतेसम्म पूर्णरुपमा लकडाउन गरेपछि इटहरीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) अर्जुन केसीका अनुसार मोरङको सीमानामा पर्ने बुढीखोला पुलमा बुधबार विहानैदेखि सबै सवारी साधन र आवतजावत गरिरहेका मानिसहरुलाई प्रवेश निषेध गरिएको छ ।

मोरङ र सुनसरीको सीमानामा पर्ने बुढीखोलामा पूर्वबाट इटहरीतर्फ आएका सबै सवारी साधन र हिँडडुल गर्दै आएका मानिसहरुलाई समेत प्रवेशमा रोक लगाइएको केसीले बताए । ‘विराटनगर पूर्ण रुपमा बन्द भएका कारण पूर्वतिरबाट आउने मानिसको संख्या धेरै छ,’ डीएसपी केसीले भने, ‘हामीले बुधबार विहानैदेखि पूर्वबाट आएका मानिसहरुलाई उतै फर्काएका छौँ ।’

मोरङको विराटनगर महानगरपालिका र बुढीगंगा गाउँपालिका लगायतका सीमित क्षेत्रमा मात्रै निषेधाज्ञा भएकाले पूर्वतिरबाट इटहरी आउने मानिसको संख्या धेरै रहेको केसीले बताए ।

‘पहाडबाट इटहरी आउने मानिसको संख्या ज्यादै न्यून छ, विराटनगर बन्द भएकाले पूर्वतिरबाट धेरै मानिसहरु इटहरीतर्फ आएका छन्,’ उनले टाकुरासँग भने, ‘मोरङको मुख्य राजमार्ग क्षेत्रमा निषेधाज्ञा नहुँदा समस्या छ, हामीले सीमाबाटै मानिसहरुलाई इटहरी प्रवेश गर्न रोक लगाएका छौँ ।’ प्रवेशमा रोक लगाएसँगै उतै फर्काउन समेत झमेला भइरहेको प्रहरीले जनाएको छ ।

डीएसपी केसीका अनुसार जिल्ला प्रशासन कार्यालय सुनसरीले लकडाउन कडा बनाउन आदेश दिएसँगै सुरक्षा व्यवस्था र सीमा नाकामा कडा गरिएको छ । तर, प्रहरीलाई ठूलो भीड थामिनसक्नु हुँदा समेत समस्या हुने गरेको उनले बताए । ‘आज (बुधबार) धेरै मानिसहरु बुढीखोलाबाटै फर्काएका छौँ, कतिपयलाई थाहा नभएका कारण पनि आउने क्रम जारी छ, ठूलो प्रेसर भइरहेको छ ।’ उनले भने ।

बुढीखोला पारीसम्म बस चल्ने भएका कारण झापा र मोरङको उर्लाबारीसम्मका मानिस इटहरीतर्फ आउने गरेपनि उनीहरुलाई बुधबार प्रहरीले फर्काएको डीएसपी केसीले बताए ।

‘अधिकांश धेरैजसो मानिसहरु हिँडेरै पनि आएका छन्, अति आवश्यक र पास भएका मानिसहरुलाई मात्रै प्रवेश दिएका छौँ,’ केसीले टाकुरालाई भने, ‘मोरङको सीमित क्षेत्रमा मात्रै निषेधाज्ञा भएका कारण यो समस्या भएको हो ।’

प्रदेश १ मा कोरोनाको ‘ट्रान्जिट पोइन्ट’ भनेर चिनिने मोरङको सीमित क्षेत्रमा मात्रै निषेधाज्ञा हुँदा कोरोनाको जोखिम बढ्दो छ । सुनसरीमा भने पूर्ण रुपमा लकडाउन हुँदा मोरङमा फितलो व्यवस्थापनले कोरोनाको जोखिम बढेको हो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार यसअघि जिल्लामा जोरबिजोर प्रणालीअन्र्तगत यातायातका साधन सञ्चालन, विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म होटल सञ्चालन तथा अन्य पसलहरु विहान ६ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्नेगरी निषेधाज्ञा गर्ने निर्णय गरेको थियो ।

तर, कोरोनाको जोखिम र तीब्र संख्यामा संक्रमित बढेकाले ३१ गते मध्यरातिसम्म अत्यावश्यक बाहेकका सबै सेवा पूर्ण रुपमा बन्द हुनेगरी लकडाउन गरिएको हो ।

ढकालले भने, ‘सबै पालिकाका प्रमुख, उपप्रमुख, सुुरक्षा निकाय तथा सम्बन्धित निकायसँगको बसेको बैठकले यो निर्णय गरिएको हो, लकडाउन कडा बनाउन सबै सुरक्षा निकायसँग समन्वय भइरहेको छ ।’

उनले लकडाउनको अवधिमा औषधी, खाद्यबस्तु तथा अत्यावश्यक बस्तु वा सेवा खरिदबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन रोक लगाइएको जानकारी दिए । अत्यावश्यक सेवाहरु बाहेकका सबै प्रकारका सार्वजनिक एवं निजी सवारीसाधनहरु पनि जिल्लाभर पूर्णरुपमा रोक लगाइएको ढकालले बताए ।

आदेशको अवहेलना गरे वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग नियन्त्रण ऐन २०२० तथा प्रचलित कानुन अनुसार सजाय हुने प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

यो पनि – इटहरी आउनेलाई बुढीखोला पुलमा कडाई, प्रवेशमा पूर्ण रोक (तस्वीरहरुसहित)

यो पनि – होटलको विषयमा सुनसरी प्रशासनले निर्णय सच्यायो (निर्णयसहित)

यो पनि – कोरोनाबाट अति प्रभावित जिल्लाको सूचीमा सुनसरीसहित पूर्वका तीन जिल्ला (सूचीसहित)

यो पनि – सुनसरीमा शुक्रबारदेखि निषेधाज्ञा जारी गर्ने निर्णय

यो पनि – इटहरीमा निषेधाज्ञा उल्लंघन गर्ने ४५ जना व्यवसायी नियन्त्रणमा

Tags: #इटहरी#लकडाउनटाकुरा विशेषनिषेधाज्ञा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरी गोल्डकप : सातदोबाटोलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा
FEATURE BREAKING

इटहरी गोल्डकप : सातदोबाटोलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा

by टाकुरा न्यूज । इटहरी
बैशाख ६, २०८३
0

इटहरी : १६औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि प्लानिङ ब्वाइज युनाइटेड र गछिया युवा समाज मोरङबीच...

विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि
FEATURE BREAKING

विराटनगरमा धर्म प्रचारमा संलग्न ६ जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख ५, २०८३
0

विराटनगर : विराटनगरमा धर्म प्रचारमा संलग्न रहेको आरोपमा ६ जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१२ स्थित...

उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

बैशाख ५, २०८३
कञ्चनजङ्घा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन

बैशाख ५, २०८३
बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 

बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 

बैशाख ५, २०८३
विराट गोल्डकप : आज फाइनल खेल, कसले उचाल्छ ट्रफी ?

विराट गोल्डकप : आज फाइनल खेल, कसले उचाल्छ ट्रफी ?

बैशाख ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरी गोल्डकप : सातदोबाटोलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा

इटहरी गोल्डकप : सातदोबाटोलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा

बैशाख ६, २०८३
विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

विराटनगरमा धर्म प्रचारमा संलग्न ६ जना पक्राउ

बैशाख ५, २०८३
उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

बैशाख ५, २०८३
कञ्चनजङ्घा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन

बैशाख ५, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1273 shares
    Share 509 Tweet 318
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    465 shares
    Share 186 Tweet 116
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    370 shares
    Share 148 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.