ताप्लेजुङ : ताप्लेजुङमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित मध्ये २२ जना पुरुष छन् भने २६ जना महिला रहेका छन् । यो संगै ताप्लेजुङमा सक्रिय संक्रमितको संख्या १०६ पुगेको जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलले जानकारी दिएकी छिन् ।
संक्रमित भएका मध्ये ९६ जनामा पिसिआर परिक्षणबाट र अन्य १० जनामा एन्टिजेनबाट संक्रमण पुष्टि भएको थियो । ताप्लेजुङमा संक्रमणकै कारण वैशाख ९ गते यता ३ जनाले ज्यान गुमाएका छन् ।
संक्रमितको संख्या तिव्ररुपमा वृद्धि हुँदै गए पछि सोमबारदेखि जिल्लाका सिमित क्षेत्रमा निषेधाज्ञा जारी रहेको छ । फुङलिङ नगरपालिका क्षेत्रमा एक हप्ता सम्मका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लागु गरेको छ ।














Discussion about this post