नेपालमा पछिल्लो २४ घन्टामा थप सात हजार ३ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो दैनिक संक्रमण दर मध्ये घटेको संख्या हो । हिजो ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालाबाट १९ हजार ५ सय ३९ जनामा पीसीआर विधिबाट नमूना परीक्षण गर्दा ७ हजार ३ सय १६ मा पोजेटिभ देखिएको र ३ सय ४४ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनामा पोजेटिभ देखिएको थियो।
गत २४ घण्टाको अवधिमा १४५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।
यस्तै, पछिल्लो २४ घण्टामा ६,६४८ जना सङ्क्रमणमुक्त भएका छन्। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १ लाख १० हजार २६३ रहेको छ।














Discussion about this post