Sunday, June 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

महायज्ञबाट जुटेको रकमले बन्यो गौमाताको प्रतिमा

रासस by रासस
असार ७, २०८३
in विविध, समाचार
0
महायज्ञबाट जुटेको रकमले बन्यो गौमाताको प्रतिमा
49
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : यहाँको पौवादुङमा गाउँपालिका–३ च्याङ्गेस्थित निर्माणाधीन पञ्चकन्या मन्दिर परिसरमा करिब चार हजार किलोग्राम तौलको शिलाबाट निर्मित गौ माताको प्रतिमा अनावरण गरिएको छ ।

धार्मिक किंवदन्तीअनुसार पाँचथुने गाईले पञ्चकन्या देवीलाई दूध चढाउँदै गरेको प्रतीकात्मक आकृतिमा उक्त प्रतिमा निर्माण गरिएको हो । एउटै शिलाबाट तयार गरिएको यो गाईको मूर्ति नेपालकै ठुलो भएको दाबी गाउँपालिकाले गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार करिब रु १२ लाख लागतमा उक्त प्रतिमा निर्माण गरिएको हो ।

पञ्चकन्या मन्दिर निर्माणका लागि आयोजना गरिएको महायज्ञबाट सङ्कलित रकमबाट मन्दिर निर्माण समितिमार्फत गौ माताको प्रतिमा स्थापना गरिएको उनले जानकारी दिए ।

मूर्ति दीर्घकालीन रूपमा सुरक्षित रहोस् भन्ने उद्देश्यले बलियो र गुणस्तरीय शिलाबाट निर्माण गरिएको भट्टराईले बताए । साथै गाउँपालिकाको करिब रु तीन लाख लागतमा शिव, गणेश, नाग र पञ्चकन्याका अन्य शिलामूर्तिहरू पनि मन्दिर परिसरमा स्थापना गरिएको छ ।

पञ्चकन्या क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित संरक्षण र पूर्वाधार निर्माणका काम अघि बढाइएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन् । उनका अनुसार यसले आन्तरिक पर्यटन प्रवर्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

गाउँपालिका अध्यक्ष राईले पञ्चकन्या मन्दिरलाई ‘पूर्वको पशुपति’का रूपमा विकास गर्ने लक्ष्य रहेको बताए । किंवदन्तीअनुसार यस क्षेत्रमा गाई आएर पञ्चकन्या देवीलाई दूध चढाउने विश्वास रहेकाले सोही आधारमा गौ माताको प्रतिमा निर्माण गरिएको उनले स्पष्ट पारे ।

स्थानीयवासी निरप्रसाद फुँयालका अनुसार पञ्चकन्या देवी शक्तिशाली मानिन्छिन् र यहाँ दर्शन गरेमा मानिसका चिताएका इच्छा पूरा हुने जनविश्वास छ ।

मन्दिरको किंवदन्तीलाई आधार बनाएर गाउँपालिकाले थालेको संरक्षण र विकासको काम प्रशंसनीय रहेको उनले बताए । साथै मन्दिर परिसरमा रहेको च्याङ्ग्रे पोखरीको पानी कहिल्यै नसुक्ने उनको भनाइ छ ।

यहाँ गजुरसहित करिब ३१ फिट अग्लो पञ्चकन्या देवीको मन्दिर निर्माण भइरहेको छ । पुरातात्त्विक शैलीमा निर्माण गरिने मन्दिरको छाना तामाको बनाइने योजना छ । मन्दिर निर्माणको अनुमानित लागत रु एक करोड ८४ लाख रहेको छ ।

मन्दिर निर्माणका लागि २०८३ वैशाख ९ गतेदेखि १८ गतेसम्म सञ्चालन गरिएको विराट महायज्ञबाट रु एक करोड सङ्कलन गरिएको थियो । त्यसपछि पनि दाताहरूबाट थप सहयोग जुट्ने क्रम जारी रहेको गाउँपालिकाले जनाएको छ ।

Tags: #भोजपुर
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

शीतल छहारी र बोटिङको आकर्षणले तालतलैयामा पर्यटकको चहलपहल
भिजिट नेपाल

शीतल छहारी र बोटिङको आकर्षणले तालतलैयामा पर्यटकको चहलपहल

by रासस
असार ७, २०८३
0

सुनसरी : “गर्मीको बेला यहाँ आउँदा निकै रमाइलो हुन्छ । यहाँ रुखका शीतल छहारीहरू छन्, त्यसमाथि बोटिङ गर्न पाएपछि त...

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
समाचार

सुनसरीमा ६ लाख बढीको भन्सार छलीका सामान नियन्त्रणमा

by टाकुरा न्यूज । इटहरी
असार ७, २०८३
0

इटहरी : सुनसरी प्रहरीले दुई दिनको अवधिमा जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएका करिब ६ लाख ७८ हजार रुपैयाँ...

लागूऔषध नियन्त्रणका लागि प्रदेशस्तरीय योजना आवश्यक : मुख्यमन्त्री कार्की

लागूऔषध नियन्त्रणका लागि प्रदेशस्तरीय योजना आवश्यक : मुख्यमन्त्री कार्की

असार ६, २०८३
माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

झापाको बिरिङ खोलामा डुबेर एक बालिकाको मृत्यु

असार ६, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी : मुख्यमन्त्री कार्यालयका जिन्सीमाथि शंका, ३० ल्यापटप र १४ मोबाइलको यथार्थ खोज्न माग

असार ६, २०८३
इटहरी उद्योग वाणिज्य संघको चुनावी सरगर्मी बढ्यो

इटहरी उद्योग वाणिज्य संघको चुनावी सरगर्मी बढ्यो

असार ६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

महायज्ञबाट जुटेको रकमले बन्यो गौमाताको प्रतिमा

महायज्ञबाट जुटेको रकमले बन्यो गौमाताको प्रतिमा

असार ७, २०८३
शीतल छहारी र बोटिङको आकर्षणले तालतलैयामा पर्यटकको चहलपहल

शीतल छहारी र बोटिङको आकर्षणले तालतलैयामा पर्यटकको चहलपहल

असार ७, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा ६ लाख बढीको भन्सार छलीका सामान नियन्त्रणमा

असार ७, २०८३
लागूऔषध नियन्त्रणका लागि प्रदेशस्तरीय योजना आवश्यक : मुख्यमन्त्री कार्की

लागूऔषध नियन्त्रणका लागि प्रदेशस्तरीय योजना आवश्यक : मुख्यमन्त्री कार्की

असार ६, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1507 shares
    Share 603 Tweet 377
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    907 shares
    Share 363 Tweet 227
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    394 shares
    Share 158 Tweet 99
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    353 shares
    Share 141 Tweet 88
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    351 shares
    Share 140 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन