धरान : धरान उपमहानगरपालिका र नेपाल पत्रकार महासंघ सुनसरीको सहकार्यमा धरान १९ स्थित हरियाली सामुदायिक वनको भवनमा अक्सिजन सहितको आइसोलेसन सेन्टर सुचारु भएको छ ।
कोभिड संक्रमितका लागि २५ बेड क्षमता रहेको आइसोलेसन सेन्टर सञ्चालनमा आएको हो ।
हाल उक्त आइसोलेसन सेन्टरमा सातजना कोभिड संक्रमित बिरामी बसिरहेका छन् । धरान उपमहानगरपलिकाका मेयर तिलक राई, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, प्रमुख प्रशासकीय अधिकृत विदुर प्रसाद खनाल, स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता, फोटो पत्रकार महासंघ सुनसरीका अध्यक्ष विकास चाम्लिङ राई र सोही वडाका वडाध्यक्ष पूर्ण लिम्बूसहितको टोलीले आज आइसोलेसन सेन्टरको निरीक्षण गरेका छन् ।
निरीक्षणको क्रममा मेयर राईले आइसोलेसनमा बसेका कोभिड संक्रमितहरुको अवस्था र व्यवस्थापनको बारेमा बुझेका थिए ।












Discussion about this post