धरान : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरान र रामधुनीका कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।
प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणी पोखरेलका अनुसार धरानका ६० वर्षीय र रामधुनीका ७० वर्षीय पुरुषको मृत्यु भएको हो।
रामधुनी नगरपालिका ९ का बृद्धको उपचारका क्रममा बिहीबार बिहान करिब ४ बजेर २५ मिनेटमा मृत्यु भएको पोखरेलले बताए । मृर्गौला सम्बन्धी रोगबाट पीडित बृद्धमा जेष्ठ २० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै, धरान ८ का ६० वर्षीय पुरुषको उपचारका क्रममा बुधबार राति १० बजेर ५० मिनेटमा मृत्यु भएको छ।
प्रतिष्ठानका अनुसार स्थानीय विजयपुर अस्पतालबाट रेफर गरिएका उनमा जेठ २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।














Discussion about this post