इटहरी । पकली माध्यमिक विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष विनोद झा पक्राउ परेका छन्। इटहरी–१७ का वडाध्यक्ष प्रभातकुमार आचार्यले दिएको उजुरीका आधारमा साइबर अपराधको आरोपमा इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ झालाई पकली चोकबाट करिब ५ः४० बजे पक्राउ गरेको हो।
पक्राउ परेका झालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय इनरुवा, सुनसरी लगिएको बताइएको छ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।












Discussion about this post