इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा २५५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
थपिएका संक्रमितहरुमध्ये मोरङको सुन्दहरैँचामा २७, केराबारीमा २३, विराटनगरमा २२, उर्लाबारीमा ७, रतुवामाईमा ४, पथरीशनिश्चरे, बेलबारी, बुढीगंगा र लेटाङमा २–२, रंगेली, मिक्लाजुङ, कटहरी र स्थानीय तह नखुलेका १–१ जना छन् ।
त्यस्तै, झापाको बिर्तामोडमा १७, दमकमा १४, मेचीनगर र अर्जुनधारामा ८–८, शिवसताक्षीमा ७, गौरीगञ्जमा ४, गौरादहमा ३, हल्दिबारी, कनकाई र भद्रपुरमा २–२, कचनकवल, बुद्धशान्ति, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१ जना छन् ।
त्यस्तै, सुनसरीको इटहरीमा ३१, धरानमा ६, रामधुनी र दुहवीमा ३–३, गढी र बराहक्षेत्रमा १–१ जना छन् । यस्तै, संखुवासभाको चैनपुरमा १२ र खाँदबारीमा १, इलामको मांसेबुङमा ६, चुलाचुलीमा २, इलाम नगरपालिका र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगा र चौदण्डीगढीमा २–२ र स्थानीय तह नखुलेका १ जना छन् ।
तेहथुमको म्याङलुङमा ४, खोटाङको रुपाकोट मझुवागढी र दिप्रुङ चुईचुम्मामा १–१, पाँचथरको फिदिम र धनकुटाको धनकुटा नगरपालिकामा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६८ हजार १२८ पुगेको छ ।
संक्रमित भएका मध्ये हालसम्म ५५ हजार ७९८ जना संक्रमणमुक्त भएका छन् । हाल प्रदेशमा सक्रिय संक्रमितको संख्या ११ हजार २३२ रहेको छ ।














Discussion about this post