इटहरी : इटहरीमा ७४ जनासहित प्रदेश १ मा आज थप ४२७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यस्तै, यही अवधिमा ७१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५७ हजार ८५८ पुगेको छ ।
थपिएकामध्ये सुनसरीको इटहरीमा ७४, धरानमा ५०, इनरुवामा २५, रामधुनीमा ५, गढी र बर्जुमा २–२, दुहवी, बराहक्षेत्र र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा ७२, बेलबारीमा १३, केराबारीमा ११, पथरी शनिश्चरेमा ७, उर्लाबारीमा ५, सुन्दरहरैंचा र लेटाङमा ४–४, रंगेली र कटहरीमा २–२, ग्रामथान, मिक्लाजुङ, जहदा र स्थानीय तह नखुलेका १–१ रहेका छन् ।
त्यस्तै, झापाको दमकमा ५९ बिर्तामोडमा २२, भद्रपुरमा १०, मेचीनगरमा ७, शिवसताक्षी, अर्जुनधारा र स्थानीय तह नखुलेका २–२, बाह्रदशी, हल्दिबारी, बुद्धशान्ति, कनकाई र गौरादहमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
उता, उदयपुरको कटारीमा ८, बेलका र त्रियुगामा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ३, महालक्ष्मी र पाख्रिवासमा १–१, इलामको चुलाचुलीमा २, इलाम नगरपालिका र माईजोगमाईमा १–१, ताप्लेजुङको फुङलिङमा १ र स्थानीय तह नखुलेका २, पाँचथरमा २, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ८ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६९ हजार २२४ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १० हजार २३६ रहेको छ ।














Discussion about this post