तरहरा : लायन्स क्लब अफ तरहराद्धारा आयोजित रक्तदान कार्यक्रममा ७४ पिन्ट रगत संकलन भएको छ ।
बिहीबार लायन वर्षको पहिलो दिन लायन्स क्लब अफ तरहराको आयोजनामा भएको रक्तदान कार्यक्रममा ७४ पिन्ट रगत संकलन भएको हो ।
क्लबका अध्यक्ष सन्तोष श्रेष्ठका अनुसार पछिल्लो समय रगतको चरम अभाव भएका कारण रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । रगत अभावले कोही मानिसको पनि अकालमै ज्यान जान नदिनका लागि सो कार्यक्रम गरिएको उनले बताए ।
कार्यक्रममा तरहरा प्रहरी, विभिन्न बैँकका प्रतिनिधि, स्थानीय सामाजिक संघसंस्थाका अगुवा लगायतले रक्तदान गरेका थिए ।














Discussion about this post