इटहरी : सुनसरीमा ११४ सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ३९७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये झापाको बिर्तामोडमा ४७, मेचीनगर र कनकाईमा २५–२५, भद्रपुर र दमकमा १५–१५, अर्जुनधारामा १०, शिवसताक्षीमा ५, बुद्धशान्तिमा ४, बाह्रदशी र स्थानीय तह नखुलेका ३–३, हल्दिबारीमा २, गौरादह र कमल गाउँपालिकामा १–१ जना छन् ।
यस्तै, सुनसरीको धरानमा ७८, इटहरीमा ३०, बराहक्षेत्रमा ३, रामधुनीमा १ र स्थानीय तह नखुलेका २ जनामा पनि संक्रमण देखिएको छ ।
मोरङको विराटनगरमा ५२, केराबारीमा २१, उर्लाबारीमा ६, सुन्दरहरैचामा ५, कटहरीमा ३, रतुवामाई र पथरीशनिश्चरेमा २–२, मिक्लाजुङ र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा ७ जना छन् भने धनकुटाको धनकुटा नगरपालिकामा ४, पाख्रिबासमा १ र स्थानीय तह नखुलेका २, तेह्रथुममा २, उदयपुरको चौदण्डीगढी र उदयपुरगढीमा १–१, संखुवासभा र भोजपुरमा १–१ र
प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा हाल सक्रिय संक्रमितको संख्या ५ हजार ५०६ रहेको छ । यसैगरि, प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३३८ जना संक्रमणमुक्त भएका छन् ।














Discussion about this post