इटहरी : बिहीबार इटहरीका मेयर द्धारिकलाल चौधरीले सामाजिक सञ्जालमा एक स्टाटस लेखे – ‘इटहरी १६ सिप्रदी छेउ रोहित प्रसाईँले पैनी मिचेर प्लटिङ गरेको जग्गा नगरपालिकाले नाप जाँच गर्ने, सबैलाई जानकारी ।’
मेयर चौधरीले स्टाटस लेखेपछि सामाजिक सञ्जालमा चर्चा भयो । प्रसाईँ उनै व्यक्ति हुन्, जो गत स्थानीय तहको चुनावमा नेपाली कांग्रेसबाट मेयरका प्रत्यासी थिए । यही विषयमा कांग्रेस इटहरीले पत्रकार सम्मेलन गरी आफूहरुको ध्यानाकर्षण भएको जनाएको छ ।
मेयरका प्रत्यासी समेत रहेका कांग्रेस नेता रोहित प्रसाईले पत्रकार सम्मेलनमा भने, ‘मेयर साबले जथाभावी गरेका गतिविधिको विरुद्धमा हामीले जब तालाबन्दी ग¥र्यौँ, जब हामीले माइक पक्रेर बोल्न थाल्यौँ, उहाँले त्यसपछि मैले बनाएको भवनको डर देखाएर पछि हट्छ कांग्रेस भन्ने बुझ्नुभएको छ, भवन इजाजत र सम्पन्न दिइसकेको अवस्थामा उहाँ सामाजिक सञ्जालमा स्टाटस लेखेर रमाउन थाल्नुभएको छ ।’
नगरपालिकाले भवन निर्माणको इजाजत दिएको चारवर्ष वितिसक्दा अहिले आएर भ्रमपूर्ण सूचना सार्वजनिक गर्नु भनेको दिवासप्ना मात्रै रहेको उनले बताए । मेयरले जे बोलेको छ, त्यो सपोर्ट गर्दै गएमात्रै आफ्नो जस्तो हुने, नभए व्यक्तिगत पूर्वाग्रहका आधारमा मनपरी गर्न नपाइने उनको भनाइ छ ।
उनले एमालेको इटहरी पार्टी कार्यालय र पार्टीका अन्य नेताहरुकै भवन सार्वजनिक जग्गामा रहेको भएपनि त्यतातर्फ चासो नदेखाएको उल्लेख गर्दै भने, ‘कांग्रेसबाट र म बाट सार्वजनिक जग्गा मिचिएको रहेछ भने नियमसंगत रुपमा आएर डोजर चलाइयोस् ।’
नीतिगत निर्णय गरेर इटहरी क्षेत्रभित्र रहेका सार्वजनिक जग्गा संरक्षण गर्नका लागि कांग्रेसले सहयोग गर्ने उनको तर्क छ ।
‘तपाईँ नीतिगत निर्णय गरेर मेरो घर भत्काउनुहोस्, त्यो मान्य हुन्छ, होइन भने लहडको भरमा बल प्रयोग गर्न बन्द गर्नुहोस्,’ उनले भने, ‘अब सुध्रिनुहोस् प्लिज, नीतिगत निर्णय गरेर नगरबासीको मन जित्नुहोस् ।’
भिडियो
यो पनि – इटहरी उपमहानगर अगाडि मेयरविरुद्व आन्दोलन
यो पनि – इटहरीका मेयरले कार्यकक्षमै सेवाग्राही थुने
यो पनि – इटहरीका मेयरको कार्यकक्षमा तालाबन्दी
यो पनि – इटहरीका मेयरको डोजर आतङ्क फेरि सुरु, भन्छन्, ‘कहाँ–कहाँ हान्ने भनेर अहिले भन्ने होइन’














Discussion about this post