Wednesday, September 30, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

दोहोरो नागरिकता लिएका राजकुमार सिंहलाई छुटाउन चलखेल, ब्राउनसुगर मुद्दामा कारागार चलान

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज ११, २०७८
in समाचार
0
दोहोरो नागरिकता लिएका राजकुमार सिंहलाई छुटाउन चलखेल, ब्राउनसुगर मुद्दामा कारागार चलान
187
SHARES
Share on FacebookShare on Twitter

इटहरी : ब्राउनसुगर मुद्दामा सुनसरी जिल्ला अदालतको निर्णय उच्च अदालत विराटनगरले सदर गरिदिएपछि पुर्पक्षका लागि कारागारमा रहेका भारतीय नागरिक राजकुमार सिंहलाई छुटाउन पुनः चलखेल भइरहेको खुलेको छ ।

भारतीय नागरिक राजकुमार सिंहलाई धरौटीमा छुटाउन बिचौलियाले गरेको प्रयास विफल भएपछि सिंह पुर्पक्षका लागि अहिले थुनामा छन् ।

आर्थिक प्रलोभनसँगै राजनीतिक दबाव दिएकै कारण सिंह अभियुक्त रहेको कीर्ते नागरिकता छानबिन अगाडि बढाइएको छैन । उनलाई छुटाउन ठूलो आर्थिक चलखेलका साथै राजनीतिक दबावसमेत उत्तिकै रहेको स्रोतको भनाइ छ । धरानबाट ७७ ग्राम ब्राउनसुगरसहित मङ्सिर १९ गते पक्राउ परेका सिंहलाई जिल्ला अदालत सुनसरीबाट धरौटीमा छुटाउन सरकारी निकायले नै चलखेल गरेको समाचार बाहिरिएको थियो ।

उनलाई जिल्ला अदालत सुनसरीबाट ठूलो आर्थिक चलखेल गरेर छुटाउन सरकारी वकिलसहित केही निजी कानून व्यवसायीको अथक प्रयासका बावजुद जिल्ला अदालतले पुर्पक्षका लागि जेल पठाउने निर्णय गरेको स्रोतको दाबी छ । जिल्ला सरकारी वकिल कार्यालय सुनसरी इनरुवाले अभियुक्त सिंहलाई छुटाउन प्रहरीमाथि दबाव दिनेदेखि निर्दोष फसाउनेसम्मको षड्यन्त्र गरे पनि समाचार प्रकाशित भएपछि उनीहरूको केही नचलेको विशेष स्रोत बताउँछ ।

लागूऔषध मुद्दामा कारागारमा रहेका राजकुमार सिंहले सप्तरीबाट कीर्ते गरी नेपाली नागरिकतासमेत लिएका छन् । कीर्ते गरी जिल्ला प्रशासन कार्यालय सप्तरीबाट झुठा प्रमाण पेश गर्दै नेपाली नागरिकता लिएका सिंह भारतीय भएको भारतीय प्रहरीले नै पुष्टि गरिसकेको छ ।

लागूऔषध मुद्दामा पक्राउ परेका सिंह भारत बिहार राज्य भीमनगर ग्रामपञ्चायत वार्ड नम्बर १० का स्थायी बासिन्दा भएको समाचार प्रकाशित भएपछि उनको बारेमा जिल्ला प्रहरी कार्यालय सप्तरीले छानबिन गर्दै जाँदा भारतीय प्रहरी र भीमनगरका स्थानीयवासीले राजकुमार सिंह भारतीय हुनुका साथै उनको पुख्र्यौली सम्पत्तिसमेत भारतको भीमनगरमा रहेको प्रमाण फेला परेको थियो ।

भारतको भीमनगर ओपीमा कार्यरत सव–इन्स्पेक्टर शत्रुघनप्रसाद साहले सप्तरी प्रहरीको छानबिनका क्रममा राजकुमार सिंह भीमनगरका स्थायी बासिन्दा भएको कुरा पुष्टि भएको बताएका थिए ।

लागूऔषध मुद्दामा जेलमा रहेका भारतीय नागरिक राजकुमार सिंहलाई कीर्ते नागरिकता मुद्दामा कारबाही अगाडि बढाउने भन्दै सप्तरी प्रहरीको पत्राचारअनुसार सुनसरी जिल्ला अदालतले झुम्का कारागारलाई पत्राचार गर्दै अभियुक्त सिंहलाई बयानका लागि सप्तरी पठाउन भनिए पनि राजनीतिक दबावका कारण उनको बयान अझै भएको छैन ।

ब्लाष्ट टाइम्सलाई प्राप्त पत्रानुसार जिल्ला प्रहरी कार्यालय सप्तरीको चलानी नम्बर १०११० मिति २०७८ असार १३ गते थुनामा रहेका सिंहलाई नागरिकतासम्बन्धी कसुरमा बयानका लागि जिल्ला सरकारी वकिल कार्यालयले सप्तरी पठाई पुनः झुम्का कारागार फिर्ता ल्याउन सुनसरी जिल्ला अदालतले झुम्का कारागार कार्यालयको नाममा पत्र काटेको देखिन्छ ।

यद्यपि सुनसरीका केही जनप्रतिनिधिमार्फत् उच्च राजनीतिक दबावका कारण सप्तरी प्रहरीले मुद्दा अगाडि बढाउन नसकेको स्रोतको दाबी छ । असार १३ गते नै सुनसरी जिल्ला अदालतले नागरिकतासम्बन्धी कसुर मुद्दामा बयानका लागि पठाउन भनिए पनि अभियुक्त भनिएका सिंहको बयान नहुनुले स्रोतको दाबीमा बल पुगेको देखिन्छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीबाट साविक पकरी गाविस –२ हाल महादेवा गाउँपालिका–१ जन्मस्थान भएको भनी स्वर्गीय ठाकुरप्रसाद सिंहलाई नक्कली बाबु बनाई भारतीय नागरिक राजकुमार सिंहले नेपाली नागरिकता लिएकोमा उक्त स्थानका स्थानीयवासीले भने सिंह थर गरेका व्यक्तिको सो क्षेत्रमा बसोबासै नरहेको बताउने गरेका छन् ।

सिंह भारत बिहार राज्य भीमनगर ग्रामपञ्चायत वार्ड नम्बर १० का स्थायी बासिन्दा हुन् भने उनका बाबुको वास्तविक नाम रामबालक सिंह हो । रामबालक सिंहको मृत्यु भइसकेको छ । कीर्ते गरी जिल्ला प्रशासन कार्यालय सप्तरीबाट नेपाली नागरिकता लिएका राजकुमार सिंहको नागरिकता नम्बर ०७३९३११३ रहेको छ भने जारी मिति २०४६ वैशाख १० गते हो । उनको भारतीय आधार कार्ड नम्बर ३२०८२९७२१८५६ रहेकोे छ भने बिहार राज्यको पञ्चायत आम निर्वाचन नामावलीमा नाम रहेको प्रमाणसमेत फेला परेको छ ।

सिंह भारत बिहार राज्य भीमनगर ग्रामपञ्चायत वार्ड नम्बर १० का स्थायी बासिन्दा हुन् भने उनका बाबुको वास्तविक नाम रामबालक सिंह हो । रामबालक सिंहको मृत्यु भइसकेको छ । कीर्ते गरी जिल्ला प्रशासन कार्यालय सप्तरीबाट नेपाली नागरिकता लिएका राजकुमार सिंहको नागरिकता नम्बर ०७३९३११३ रहेको छ भने जारी मिति २०४६ वैशाख १० गते हो । उनको भारतीय आधार कार्ड नम्बर ३२०८२९७२१८५६ रहेकोे छ भने बिहार राज्यको पञ्चायत आम निर्वाचन नामावलीमा नाम रहेको प्रमाणसमेत फेला परेको छ ।

झुम्का कारागारमा रहेका सिंहको लागूऔषध मुद्दामा उच्च अदालत विराटनगरले पनि सुनसरी जिल्ला अदालतको निर्णयलाई सदर गरिदिएपछि उनी दोहोरो मुद्दा चल्ने भएपछि छुटाउन गाह्रो हुने भन्दै दोहोरो नागरिकताको मुद्दा तत्काल नचलाउन सप्तरी प्रहरीमाथि दबाव दिएको स्रोत बताउँछ ।

दोहोरो नागरिकता लिएका भारतीय नागरिक सिंह कोसी गाउँपालिका–८ भण्टाबारी निवासी नेपाली काङ्ग्रेसकी स्थानीय नेतृ तारा पौडेलका ज्वाइँ हुन् । सिंहले आफू सप्तरी जिल्लाको तत्कालीन पकरी गाविस–२ निवासी भएको दाबी गरे पनि उनको नागरिकता नै कीर्ते रहेको रहस्य बाहिर आएपछि सप्तरी प्रहरीले अनुसन्धान गर्दा सिंह भारतीय नागरिक भएको र उनीसँग दोहोरो नागरिकता भएको प्रमाण फेला पारेको थियो ।

दोहोरो नागरिकता लिएका भारतीय नागरिक सिंह कोसी गाउँपालिका–८ भण्टाबारी निवासी नेपाली काङ्ग्रेसकी स्थानीय नेतृ तारा पौडेलका ज्वाइँ हुन् । सिंहले आफू सप्तरी जिल्लाको तत्कालीन पकरी गाविस–२ निवासी भएको दाबी गरे पनि उनको नागरिकता नै कीर्ते रहेको रहस्य बाहिर आएपछि सप्तरी प्रहरीले अनुसन्धान गर्दा सिंह भारतीय नागरिक भएको र उनीसँग दोहोरो नागरिकता भएको प्रमाण फेला पारेको थियो ।

सप्तरीको पकरी गाविसबाट नागरिकता बनाउँदा राजकुमारका बाबु भनिएका ठाकुरप्रसाद सिंहलाई समेत भारत बिहार राजजिरोगा ग्रामपञ्चायत अन्तर्गत भरफोडी ग्राम र थाना आन्द्रामण्ड र जिल्ला मधुवनी निवासी भएको प्रमाण सप्तरी प्रहरीले जुटाएको छ । ग्राम पञ्चायत राज जिरोगाकी मुखिया नूतन कुमारीले नेपाली नागरिकतामा राजकुमारका बाबु बनेका ठाकुरप्रसाद भारतीय भएको भन्दै सप्तरी प्रहरीलाई पत्र लेखेकी छन् ।

ग्राम पञ्चायत राज जिरोगाका मुखिया नूतन कुमारीले राजकुमारका नेपाली बाबु पनि भारतीय भएको भन्दै सप्तरी प्रहरीलाई पत्र लेखेकी छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीले सइ जयप्रकाश साहको नेतृत्वमा राजकुमार सिंहबारे छानबिन गर्दै आवश्यक प्रमाण जुटाउन प्रहरी टोलीलाई वीरपुर पठाएको थियो ।

अनुसन्धानका क्रममा सप्तरी प्रहरीले राजकुमार सिंह स्वर्गीय रामबालक सिंहका चारमध्ये कान्छो छोरा भएको र उनी भारतीय भएको प्रमाण फेला पारेको थियो । यता यसबारेमा प्रतिक्रिया लिन खोज्दा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी माधव काफ्लेले राजकुमार सिंहको विषयमा मुद्दा फाँटसँग बुझ्नुपर्ने भन्दै पन्छिन खोजे ।

यता जिल्ला प्रहरी कार्यालय सप्तरी मुद्दा फाँटका सइ सुनिल यादवले राजकुमार सिंहको कीर्ते नागरिकताका सम्बन्धमा मुद्दा दर्ता भइसकेको बताउँदै जिल्ला प्रशासन कार्यालय सप्तरीबाट माग गरिएको जति सबै कागजात नआएकाले बयानमा केही ढिलाइ भएको बताए ।

‘सिंहको कीर्ते नागरिकतासम्बन्धी मुद्दा दर्ता भइसकेको छ, उनको मुद्दा दर्ता नम्बर २४४ हो’ सइ यादवले भने, ‘मुद्दा दर्ता भइसकेपछि फछ्र्यौट हुन्छ, यसमा कुनै दबावले काम गर्दैन, यसबारे ढुक्क बसे हुन्छ । हामीले माग गरेको कागजात जिल्ला प्रशासन कार्यालयबाट आएपछि बयानका लागि अभियुक्तलाई बोलाउँछौं ।’

मिकाइल आलमले लेखेको समाचार ब्लाष्टखबरबाट साभार गरिएको हो ।

Tags: चलखेलपत्रपत्रिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विराट क्रिकेट लिग कर्पोरेट संस्करण आयोजनाको तयारी
खेलकुद

विराट क्रिकेट लिग कर्पोरेट संस्करण आयोजनाको तयारी

by टाकुरा न्यूज । इटहरी
अशोज १३, २०८३
0

विराटनगर : कोशी प्रदेशको राजधानी विराटनगरमा राष्ट्रियस्तरकै खेल महोत्सवका रूपमा ‘विराट क्रिकेट लिग २०८३ (कर्पोरेट संस्करण)’ आयोजना हुने भएको छ...

इटहरीकी एक महिलाले दुई छोरी र एक छोरासहित सप्तकोसीमा हाम्फाल्न लाग्दा प्रहरीद्वारा उद्वार
FEATURE BREAKING

जजक र चोरी मुद्दामा सुनसरी अदालतबाट दोषी ठहर भएका फरार प्रतिवादी पक्राउ

by टाकुरा न्यूज । इटहरी
अशोज १३, २०८३
0

इटहरी : सुनसरी जिल्ला अदालतबाट विभिन्न मितिमा भएका फैसला कार्यान्वयनका क्रममा प्रहरीले दोषी ठहर भई फरार रहेका दुई जनालाई पक्राउ...

राष्ट्रिय जनसहयोग कलेज तरहराकी छात्रा प्रतिभा लुइँटेल नेपाल प्रथम भएको दाबी

राष्ट्रिय जनसहयोग कलेज तरहराकी छात्रा प्रतिभा लुइँटेल नेपाल प्रथम भएको दाबी

अशोज १३, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

धरानमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

अशोज १३, २०८३
अलैँची नै गाउँको भरोसा, किसानको जीविका

अलैँची नै गाउँको भरोसा, किसानको जीविका

अशोज १३, २०८३
साढे तीन महिनापछि सुकेटारमा नियमित हवाई उडान सुरु

साढे तीन महिनापछि सुकेटारमा नियमित हवाई उडान सुरु

अशोज १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विराट क्रिकेट लिग कर्पोरेट संस्करण आयोजनाको तयारी

विराट क्रिकेट लिग कर्पोरेट संस्करण आयोजनाको तयारी

अशोज १३, २०८३
इटहरीकी एक महिलाले दुई छोरी र एक छोरासहित सप्तकोसीमा हाम्फाल्न लाग्दा प्रहरीद्वारा उद्वार

जजक र चोरी मुद्दामा सुनसरी अदालतबाट दोषी ठहर भएका फरार प्रतिवादी पक्राउ

अशोज १३, २०८३
राष्ट्रिय जनसहयोग कलेज तरहराकी छात्रा प्रतिभा लुइँटेल नेपाल प्रथम भएको दाबी

राष्ट्रिय जनसहयोग कलेज तरहराकी छात्रा प्रतिभा लुइँटेल नेपाल प्रथम भएको दाबी

अशोज १३, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

धरानमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

अशोज १३, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    962 shares
    Share 385 Tweet 241
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    761 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    356 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.