Wednesday, July 22, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

इटहरीका साहित्यकारको दसैं योजना – बोझबाट मुक्तिदेखि जिम्मेवारीको भारीसम्म

विवेक विवश रेग्मी by विवेक विवश रेग्मी
अशोज २६, २०७८
in कला साहित्य, टाकुरा विशेष, समाचार
0
इटहरीका साहित्यकारको दसैं योजना – बोझबाट मुक्तिदेखि जिम्मेवारीको भारीसम्म
194
SHARES
Share on FacebookShare on Twitter

इटहरी : दसैंको संघारले छोपिसकेको छ । अघिल्लो वर्ष पनि कोरोना भाइरसका कारण धेरैजसोको दसैं उत्साहका साथ ‘सेलिब्रेसन’ भएन । यस वर्ष भने लकडाउन केही खुकुलो भएयता कवि, कलाकारहरूले खुशीयालीका साथ दसैं मनाउन पाएका छन् ।

इटहरीमा बसेर दशकअघिदेखि साहित्यकर्ममा व्यस्त रहेका साहित्यकाररूको दसैं योजना यस्तो छ ।

मनु मञ्जिल

प्रख्यात कवि मनु मञ्जिल नयाँ किताब पढ्ने तयारी अनुरूप दसैं मनाउन लागेको बताउँछन् ।

‘दसैं पर्व भनेको बोझबाट मुक्ति पाउनु पनि हो, यही बोझबाट मुक्ति भएकाले पनि खाली समयमा नयाँ पुस्तक किनेर ल्याएको छु,’ उनले भने, ‘दसैंको सौन्दर्य भनेको हरेक मानिसहरू घर फर्कन्छन्, आफन्तसँग भेट हुन्छ, भेटघाटमय भएकाले पनि यसको सौन्दर्य छ ।’

कवि मनु मञ्जिल ।

उनले लामो समयदेखि छुटेका साथीभाइ, आफन्त भेटघाट हुने भएकाले पनि बोझबाट मुक्ति हुने तर्क गरे । ‘मेरो दसैंको खुराक भनेको नयाँ दुईवटा किताब किनेर ल्याएको छु,’ उनले भने, ‘एकाध कविता, गीत पनि अध्ययन र लेखन हुनेछ ।’

बद्री भिखारी

इटहरीका अग्रज कवि बद्री भिखारीले पनि दसैंमा किताब पढ्ने योजना बनाएका छन् ।

‘घरमा काकी खसेका कारण यसवर्ष भावनात्मक हिसाबमा टीको नलगाउने सल्लाह भएको छ,’ उनले भने, ‘केही किताबहरू हिजो किनेर ल्याएको छु, तिनै किताब पढ्ने योजना छ ।’

कवि बद्री भिखारी ।

उनले पहिलाको जस्तो दसैंको उल्लास नरहेको बताए । ‘दसैंको रोनक गाउँमा छ, तर बजारमा उस्तो उल्लासयम छैन,’ भिखारीले भने, ‘छोराछोरी पनि बाहिर भएपछि भेटघाट हुँदैन, सांस्कृतिक रूपमा दसैं ठूलो पर्व हो, तर उल्लास छैन ।’

उनले बजारमा बाह्रैमास सबैकुरा अभाव नहुने भएका कारण पनि उस्तो उत्साह नभएको बताए । ‘बजारमा बाह्रैमास सबैकुरा पाइन्छ, गाउँमा दिनभर काम गरेर साँझमा सबै भेटघाट हुने भएका कारण पनि गाउँमा रौनक हुन्छ ।’ उनले भने ।

देवान किराँती

वंशज कविका रूपमा परिचित कवि देवान किराँतीलाई यसवर्ष दसैंको उत्साह छैन । परिवारमा जुठो परेका कारण उनले यसवर्ष दसैं मान्ने योजनामा नरहेको सुनाए ।

कवि देवान किराँती ।

‘जुठो भएका कारण दसैं मान्ने, घुम्ने रमाइलो गर्ने केही योजना छैन,’ किराँतीले भने, ‘दुःखले गर्दा घरायसी काममा मात्रै व्यस्त भइन्छ, उल्लासमय छैन ।’ परिवार सबै काठमाडौं जाने भएकाले आफू घर रुङ्नेमा परेको किराँती बताउँछन् ।

उनले भने, ‘घरपरिवार सबै काठमाडौं जाने भएकाले घर रुङ्नेमा परेको छु, घरायसी काममै व्यस्त भइन्छ ।’

हेमन यात्री

अग्रजदेखि उदयीमान कविहरूसँग पनि उत्तिकै प्रिय र परिचित नाम हो – हेमन यात्री ।

उनी अहिले आफ्नो घर मोरङ मिक्लाजुङमा छन् । ‘हिँजो मात्रै इटहरीबाट गाउँतिर आएको छु, गाउँमै बस्ने, खानपान गर्ने रमाइलो गर्ने योजना छ,’ दसैं पर्व छुट्टिएका साथीहरू भेट्ने माध्यम पनि रहेको बताउँदै यात्रीले भने, ‘बच्चादेखि नै आफन्तसँग भेट्ने रमाइलो गर्ने भएका कारण यो पर्व प्रेमको पर्व पनि हो ।’

कवि हेमन यात्री ।

उनले छिन्नभिन्न भएका परिवार संगठित गर्नका लागि दसैं कुर्नुपर्ने भएकाले यसलाई प्रेमको पर्वका रूपमा लिनुपर्ने तर्क गरे ।

‘हामी सानो छँदा बा–आमाले अभाव टार्नुहुन्थ्यो, अहिले हामीलाई जिम्मेवारीले भारी बनाएको छ,’ उनले भने, ‘दसैं पर्व परम्परादेखि नै जिम्मेवारीको भारीसँगै प्रेमको पर्व भएका कारण रमाइलो हुन्छ ।’

गाउँ वा सहरतिर रहेका आफन्त तथा घरपरिवार नै भेट गर्न पनि दसैं पर्खनुपर्ने भएकाले यो चाड विशेष हुने यात्री बताउँछन् ।

रीता ताम्राकार

इटहरीमा बसेर लामो समयदेखि चुपचाप कथा, कविता, मुक्तक निरन्तर लेख्दै आएको अर्को नाम हो – रीता ताम्राकार ।

उनी त्यति बोल्न रुचाउँदिनन्, न प्रचार नै चाहन्छिन् । तर, निरन्तर लेखन क्षेत्रमा सक्रिय रहेकी उनले आफ्नो दसैं योजना विशेष नरहेको बताइन् ।‘अहिले घर बनाउने क्रम भएकाले भद्रगोल अवस्था छ,’ उनले भनिन्, ‘आमा र मात्रै घरमा भएका कारण सबै काम आफैं गर्नुपर्छ, त्यस्तो विशेष योजना केही छैन ।’

कथाकार रीता ताम्राकार ।

यद्यपि, उनले केही पुस्तकहरू पढ्ने तयारीमा रहेको बताइन् ।

टीका आत्रेय

साहित्यसँगै अध्यापनमा सक्रिय रहेकी टीका आत्रेय यसपटकको दसैंमा माइती घर इलाम जाने तयारीमा छिन् ।

‘दुई वर्ष भयो लकडाउनले नानीहरू मावल जान पाएका छैनन्,’ उनले भनिन्, ‘माइतमा टीका लगाउन नभएपनि, यहीबेला फुर्सद हुने भएका कारण दसैंमा परिवार जाने योजना छ ।’

कवि टीका आत्रेय ।

उनले मदन पुरस्कारको छनौटमा परेका पुस्तकहरू पढ्ने योजना अनुरूप पुस्तक किनेकाले पढ्ने योजना रहेको बताइन् ।

Tags: #साहित्यटाकुरा विशेषदसैँ
विवेक विवश रेग्मी

विवेक विवश रेग्मी

Related Posts

धरान निवासी प्रा. डा. भीमप्रसाद खतिवडा नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति नियुक्त
समाचार

धरान निवासी प्रा. डा. भीमप्रसाद खतिवडा नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति नियुक्त

by टाकुरा न्यूज । इटहरी
साउन ६, २०८३
0

इटहरी : नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. भीमप्रसाद खतिवडाले पद तथा गोपनीयताको शपथ लिएका छन्। शिक्षा तथा खेलकुदमन्त्री...

मोरङको जंगलमा लुकाइएको भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
FEATURE BREAKING

मोरङको जंगलमा लुकाइएको भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद

by टाकुरा न्यूज । इटहरी
साउन ६, २०८३
0

इटहरी : मोरङको उर्लाबारी नगरपालिका–२ स्थित सुनझोडा सामुदायिक वनबाट प्रहरीले बेवारिसे अवस्थामा भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद गरेको छ।...

भोजपुर र ओखलढुंगामा २ हजारभन्दा बढी गाँजाका बोट नष्ट

भोजपुर र ओखलढुंगामा २ हजारभन्दा बढी गाँजाका बोट नष्ट

साउन ६, २०८३
कोलकाताबाट कार्गो रेल आइपुग्यो विराटनगर, ढुवानीमा नयाँ युगको सुरुआत

कोलकाता–विराटनगर रेल : उद्योगीले देखे नयाँ अवसर

साउन ६, २०८३
सोलुखुम्बुमा दाउराले प्रहार गरी छिमेकीको हत्या

दमकमा पारिवारिक विवादको दुःखद अन्त्य, श्रीमतीको हत्यापछि श्रीमान मृत भेटिए

साउन ६, २०८३
खोटाङ : आफन्तकामा हिँडेकी बालिकालाई बाटैमा रोकेर ललाइफकाइ विवाह गरेपछि…

कोशीमा पहिलोपटक विद्यालय केन्द्रित बालविवाहविरुद्ध अभियान

साउन ६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धरान निवासी प्रा. डा. भीमप्रसाद खतिवडा नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति नियुक्त

धरान निवासी प्रा. डा. भीमप्रसाद खतिवडा नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति नियुक्त

साउन ६, २०८३
मोरङको जंगलमा लुकाइएको भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद

मोरङको जंगलमा लुकाइएको भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद

साउन ६, २०८३
भोजपुर र ओखलढुंगामा २ हजारभन्दा बढी गाँजाका बोट नष्ट

भोजपुर र ओखलढुंगामा २ हजारभन्दा बढी गाँजाका बोट नष्ट

साउन ६, २०८३
कोलकाताबाट कार्गो रेल आइपुग्यो विराटनगर, ढुवानीमा नयाँ युगको सुरुआत

कोलकाता–विराटनगर रेल : उद्योगीले देखे नयाँ अवसर

साउन ६, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1107 shares
    Share 443 Tweet 277
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    771 shares
    Share 308 Tweet 193
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    549 shares
    Share 220 Tweet 137
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    464 shares
    Share 186 Tweet 116

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.