ताप्लेजुङ : ताप्लेजुङको मिक्वाखोला गाँउपालिका ४ लप्सीबोटेस्थित आमबोटे भीरबाट ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बर्दिया राजपुर नगरपालिका ६ का २६ वर्षीय राजु राजवंशी रहेका छन् ।
मंगलबार (आज) बिहान साढे १० बजे मे १ त ७५०३ नम्बरको बालुवा र डिजेल बोकेको ट्याक्टर दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय दोभानबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post