इटहरी : बैँकिङ कसुर मुद्धाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका वडा नं ४ पाँचकन्याका ३२ वर्षीय विशाल राई रहेका छन् ।
प्रतिवादी राई भएको बैँकिङ् कसुर मुद्धामा उच्च अदालत विराटनगरको मिति २०७८ वैशाख १६ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ वर्ष ६ महिना कैद र ३ लाख ५० हजार ७ सय ८३ रुपैँया ३३ पैसा जरिवाना भइ कैद तथा जरिवाना बेरुजु रहेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
असुल गर्न बाँकी रहेका राईलाई १ नं प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा पक्राउ गरेको थियो ।
पक्राउ परेका राईलाई बिहीबार (आज) सुनसरी जिल्ला अदालतमा दाखिला गरेको तथा अदालतबाट कैद भुक्तानको लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।














Discussion about this post